प्रस, पचगावाँ, ७ चैत/
डिभिजन वन कार्यालय, पर्साको आयोजनामा पटेर्वासुगौली गापा–२ वडा कार्यालयमा डढेलो नियन्त्रणसम्बन्धी सरोकारवालाहरूसँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ।
वडाध्यक्ष विजय गैरेले कार्यक्रमको उद्घाटन गरेका थिए। सो अवसरमा डिभिजन वन कार्यालय, पर्साका निमित्त प्रमुख फरमान मियाँले डढेलो लाग्न नदिन सबैजना सचेत हुन आवश्यक रहेको बताए। उनले वन जानुपर्नेहरूले सलाईलाइटरलगायत आगलागी हुने वस्तुको प्रयोग नगर्न सुझाए। डढेलोले वन जङ्गल प्रभावित हुनुको साथै त्यहाँ वास गर्ने जनावरहरूलाई समेत असर पुग्ने हँुदा सबैलाई सचेत हुन बताए।
स्थानीय समाजसेवी महेन्द्र चौधरीको अध्यक्षतामा भएको अन्तत्र्रिmयामा वडाध्यक्ष्F फरमान मियाँ अन्सारी, प्रसनि शर्मानन्द यादव, पत्रकार प्रमोद यादव, चिरञ्जीवी यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण कपिलदेव यादवले गरेका थिए।