होली मिलन समारोह

0

प्रस वीरगज, ७ चैत/
कुर्मी सेवा समिति पर्साको आयोजनामा गोखुल नगरमा होली मिलन समारोह सम्पन्न भएको छ।
समारोहमा सहभागीहरूले अहिलेपनि कोरोनाको कहर नसकिएको भन्दै सावधान रहेर मर्यादित तथा सभ्य तरिकाबाट होली पर्व मनाउन आग्रह गरेका थिए। हिन्दूहरूको महान् पर्व होलीलाई सभ्य बनाउन हामी सबैको जिम्मेवारी भएको उनीहरूको भनाइ थियो। सो अवसरमा भोजपुरी गायक सुनील पडितले गीतबाट मनोरञ्जन गराएका थिए। जिल्ला अध्यक्ष विश्वेश्वर पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख विजयकुमार सरावगी, प्रदेशसभा सदस्य रमेश कुर्मी, नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदी, सचिव श्याम पटेल, एमालेका सुन्दर कुर्मी, जसपाका शिव पटेल, सुरेन्द्र कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here