प्रस, वीरगंज, ४ चैत/
जिल्ला समन्वय समिति, पर्साको तेस्रो जिल्लासभा बुधवार सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद प्रदीप यादवले केन्द्र सरकारले जिससलाई अधिकारविहीन बनाएको आरोप लगाए।
उनले संस्था खडा गरे मात्र हुँदैन, उसलाई अधिकार पनि दिनुपर्छ उनले बताए। उनले सत्तारूढ दलको आन्तरिक लडाइँको कारण मुलुकको अवस्था बिग्रँदै गएको आरोप लगाए।
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले स्थानीय तहसँग स्रोतसाधन कम रहेको तर जनताको अपेक्षा बढिरहेको कारण स्थानीय सरकारले चाहे अनुसारको काम गर्न नसकेको बताए। यसअघि १८ वर्षसम्म जनप्रतिनिधिविहीन रहेको स्थानीय तह विगत तीन वर्षदेखि जनप्रतिनिधिसहित पुनर्जीवित भएको स्थानीय तहले स्रोत साधन अनुसार कार्य गर्दै आएको बताए। एकैपटक विकास नहुने र विकास क्रमिकरूपमा हँुदै जाने उनको धारणा थियो। जनप्रतिनिधि विहीन र सहितको मूल्याङ्कन गर्दा जनप्रतिनिधिसहितको वीरगंज महानगरलगायत अन्य स्थानीय पालिकाहरूमा परिवर्तन भएको सजिलै देख्न सकिने उनले बताए। कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरूले स्थानीय तहहरूमा भएको भ्रष्टाचार नियन्त्रण गर्न कुनै निकाय नरहेको बताएका थिए। उनीहरूले पर्सा जिल्लाका स्थानीय तहहरूमा अहिले प्रत्येक विकास निर्माण कार्यमा कमिशन २० प्रतिशतबाट बढेर ४० प्रतिशतसम्म पुगेको बताए। उपभोक्ताको नाममा योजना हात पार्ने र ठेकेदारलाई बेच्ने परिपाटीको अन्त्य हुनुपर्ने उनीहरूले जोड दिए। स्थानीय तहमा बढ्दो भ्रष्टाचार, गैरजिम्मेवारीपन रोक्न संयन्त्र बनाउनुपर्ने आवश्यक रहेको पनि उनीहरूले बताए।
जिसस पर्साका सभापति नेकमहम्मद अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, भूमि व्यवस्था समन्वय समितिकी अध्यक्ष विनादेवी शर्मा, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, माओवादी पर्साका अध्यक्ष प्रभु यादव, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, जिसस पर्साका उपसभापति ठाकुरप्रसाद न्यौपाने, सदस्य आमोद यादवलगायतले धारणा राखेका थिए। कार्यक्रममा सहभागी १४ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखको बन्दसत्रमा सहभागिता छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here