प्रस, सेढवा, ७ फागुन/
    वल्र्ड एडुकेशनको सहयोग तथा नेपाल सरकारको समन्वयमा आसमान नेपालले पोखरियामा चित्र तथा वक्तृत्वकला प्रतियोगिता गरेको छ।
    जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमूना आधारभूत विद्यालय पोखरियामा ‘सुरक्षित सिकाइको मूल आधार, बाल संरक्षण हामी सबैको सरोकार’ नाराका साथ शुरू भएको वक्तृत्वकला प्रतियोगिताको उद्घाटन पोखरिया नपाकी उपप्रमुख सलमा खातुनले उद्घाटन गरेकी थिइन्। विद्यालयका प्रअ व्यास महतोको अध्यक्षतामा भएको उद्घाटन समारोहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार झा, सुरक्षित सिकाइ कार्यक्रमका अधिकृत कृति केसी, शिक्षा संयोजक बलदेव भट्टलगायत विभिन्न विद्यालयका प्रअहरूले मन्तव्य व्यक्त गरेका थिए।
    लैङ्गिक हिंसा न्यूनीकरण, बाल संरक्षण विषयमा भएको प्रतियोगितामा नेरा आधारभूत विद्यालय जगतपुरकी निभाकुमारी मलाहा प्रथम, नेरा आधारभूत विद्यालय सतवरियाकी सकिला खातुन द्वितीय र जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमूना विद्यालयकी अनु गुप्ता तृतीय भएका थिए।     
    प्रतियोगितामा १८ वटा प्राथमिक विद्यालयका एक/एक जना छात्रछात्राहरूलाई सहभागी गराइएको थियो। प्रतियोगितामा उत्कृष्टहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here