गाँजासहित दुईजना पक्राउ

0


प्रस, मकवानपुर, ७ फागुन/
    मकवानपुर प्रहरीले २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।       पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँँपालिका वडा नं १ पलासेका २१ वर्षीय नवराज थिङ र सोही ठाउँ बस्ने २० वर्षीय बाबुराम थोकर छन्।
     जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले हेटौंडा उपमहानगरपालिका–११ बाट ना.१ह ७२३६ नम्बरको अटोको पछाडिको सिटमा गाँजा लुकाएर राखेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। पक्राउ परेका थिङ अटोचालक हुन्। उक्त गाँजा पर्सा जिल्लातर्फ पठाउने तयारीमा ओसारपोसार भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here