मुकुन्द आचार्य
विवाह शब्द नै खिइएर बिहे बन्न गएको हो। छोटकरीमा भन्नुपर्दा, जिब्रोको सजिलोका लागि अङ्ग्रेजीको ‘ब्रदर’ ब्रो भयो, युनाइटेड किङ्गडम युके भयो, युनाइटेड स्टेट्स अफ अमेरिका ‘युएसए’ बन्न पुग्यो, मार्केट–मार्ट भयो, मदरबाट मम भयो। मान्छे सा–है छोटो हुँदै गयो।
त्यसैले अचेल बिहेवारी पनि छोटकरीरूपमा हुन थाल्यो। त्यसो त हाम्रो हिन्दू समाजमा चट मँगनी पट शादीको चलन पहिलेदेखि नै नभॉको त हैन। शुभस्य शीघ्रम भनिने टुक्काले पनि चटपट बिहे गरिहाल्नेलाई रौस्याएकै हो नि त। अनि त आइहाल्यो नि ‘मियाँ बीबी राजी तो क्या करेगा काजी !’ आँखा मात्र जुध्नुपर्छ अनि त धेरै थोक जुध्न थाल्छन्।
म पनि हालसालै एक मित्रको छोराको बिहेमा साक्षी किनाराको सदर बन्दै जन्त भएर गॉको थिएँ। पाए अन्त नपाए लखनेको जन्त भन्ने आहानलाई चरितार्थ गर्दै म जन्त भएर दक्षिणकालीको सुरम्य शक्तिपीठमा दाखिल हुन पुगें। हुलमुलमा जीउ जोगाउनू भन्छन्। मातालाई टाढैबाट ढोग गरें।
जन्तीमा विविधखाले मानव आकृतिका जीवजन्तुहरू हुनु स्वाभाविकै हो। जन्त हिंड्नुअघि नै यौटा धक्कुबाजले गुड्डी हाँक्यो– म त खाँटी काङ्ग्रेसी ! मेरा बाजेले विपीको गुसम्म धोएका छन्। हामी त्यतिखेर भन्टयाङ–भुन्टुङ नै थियौं। अहिले हामीलाई पाखा लगाएर हिंड्छन् ! डाँका बज्जियाँहरू !
दक्षिणकालीको सेरोफेरोमा अलिकति सुधारका कामहरू भॉकै रैछन्। हाम्रो जन्तीजत्था बसेको ठाउँमा थरीथरीका नेपाली र हिन्दी गीतहरू बज्न थाले। खाने–पिउने, नाच्ने–गाउने यावत् आवश्यक कार्यक्रमहरू अनेक मण्डली बनाएर शुरू भए। बिस्तारै सबै व्यस्त, मस्त र पस्त (थकित) देखिन थाले।
दौरा–सुरुवाल, कोट, टोपी, पहिरन भाका एकजना अति सज्जन व्यक्ति नाच्न थाले। उनको नाचको विशेषता थियो भ्यागुतो उफ्रेझैं उफ्रिनु। केहीबेर उफ्रेपछि ती बिचरा कुर्सीमा बसेर ध्यान गर्न थाले। उनलाई बिजुली पानी (रक्सी)ले तुरीयावस्थामा पु–याइदियो। अर्थात् ती सज्जनले सुरुआतमैं सू… गरे। उनकी बूढी पनि जन्तीको महिला डफ्फामा नाँच्दै थिइन्।
आफ्नै तालमा नाचिरहेकी बूढीलाई कसैले मोबाइलमार्फत बूढाका बारेमा शुभ समाचार सुनाइदिएछन्।
हस्याङ–फस्याङ गर्दै बूढी आइपुगिन्। विभिन्न पोजमा बेहोश भएर लडेका आफ्ना बूढाका तस्वीरहरू मोबाइलमा कैद गरिन्। मख्ख परिन्। रमितेहरूलाई विजयी नजरले हेरिन्।
त्यो देखेर मलाई झन् झोंक चल्यो। बूढालाई सुरक्षित ठाउँमा लगेर सेवाटहल गरी होशमा ल्याउन छोडी बेहोश भई ढलेका मान्छेको फोटो लिएर के गछ्र्यौ नानी ? भन्दै मैले ती अधबैंसे नारीलाई प्रश्न गरें। मलाई पनि बढ्ता जान्ने हुनुपर्छ १
अचेल स्मार्ट नारी ! किन दब्थिन् र ! उनी त ज्वालामुखीझैं पड्किन्। उनका शब्दहरू ज्वालामुखीका लावाझैं विस्फोट भएर वायुमण्डलमा छरिए। ‘बूढाबूढीबीचका कुरामा अरूलाई केको टाउको दुखाइ ? जँड्याहाहरूको विश्वस्तरीय सम्मेलन भयो भने यी फोटाहरू पठाएर म आफ्नो बूढालाई नम्बरवान् विश्व चैम्पियन जँड्याहा प्रमाणित गरी पुरस्कार हात पार्छु। नाम पनि हुने, काम पनि हुने १ भ्याएछ भने गिनिज बूकमा पनि…१
एकजना मजस्तै अधकल्चो पाको सज्जनले त खुशी भएर ताली बजाउँदै भने– “वाह १ कस्तो डेन्जर पोजिटिभ थिङकिङ १” मैले पनि ताजी बजाएर बोलीमा लोली मिलाएँ।
अनि चारजना केटाले कुर्सीका चारै खुट्टा समाइ ती मातेर लडेका जन्तीलाई कुर्सीसहित बसमा लोड गरेर आए।
अरू बेला सुकुटे जस्तो देखिने अनेक जन्तेहरूले दिनभरि खाइरहेको प्लेट बोकेर चारैतिर चहारिरहेको देखेर मलाई ज्ञान प्राप्त भयो– बिचराहरू कठै खानै नपाएर यस्तरी दुब्लाएर सकुटे अवस्थामा पुगेका रै‘छन्।
भेराइटी मासु, रक्सी र अन्य भोज्य पदार्थ गलगिद्ध थिचेपछि जन्तहरू आनन्दसमुद्रमग्न हुने नै भए। खाओ थुप्रोस पियो उफ्रयो ! जुन मजा जन्तमा, सो मजा अन्त कहाँ ? जन्तेहरू पनि अजबगजब हुन्छन् !