प्रस, बिरुवागुठी, ५ फागुन/
पर्सागढी नगरपालिका–३ बडनिहारमा जारी तेस्रो पर्सागढी गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनल खेलमा वीरगंज युनाइटेड क्लब र वाग्मती युवा क्लब सर्लाहीबीच भएको थियो।
निर्धारित ४०/४० मिनेटको खेलमा दुवै टीमबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट टुङ्गो लगाइएको थियो।
टाइब्रेकरमा ० का विरुद्ध ३ गोल गर्दै वीरगंज युनाइटेड विजयी भएको थियो। युनाइटेडका खेलाडी लक्ष्मण चौधरी, राकेश चौधरी, सञ्जय चौधरीले एक/एक गोल गरेका थिए।
जीतसँगै युनाइटेड फाइनलमा प्रवेश गरेको छ। आजको खेलको म्यान अफ दि म्याच युनाइटेडका गोलकीपर दिलमणि चौधरीलाई आयोजक आमोदेवी युवा स्पोट्र्स क्लबका अध्यक्ष शम्भु दास थारूले नगदसहित सम्मान गरेका थिए।
बिहीवारको अन्तिम सेमिफाइनल खेल आमोदेवी युवा स्पोट्र्स क्लब बडनिहार र फ्युजन फूटबल क्लब गाईघाट उदयपुरबीच हुने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here