तेस्रो मेयर कप फूटबल प्रतियोगिता, एफसी कोलगाउँ क्वाटरफाइनलमा

0

प्रस, निजगढ, ५ फागुन/
निजगढमा जारी तेस्रो मेयर कप फूटबल प्रतियोगितामा एफसी कोलगाउँ क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बुधवार भएको खेलमा निजगढ वडा नं ९ लाई ० का विरुद्ध ४ गोल गरी कोलगाउँ क्वाटरफाइनलमा प्रवेश गरेको हो।
सो खेलको २०औं मिनेटमा कोलगाउँका विराज लामाले पहिलो गोलको खाता खोलेका थिए। त्यसैगरी, खेलको २७औं मिनेटमा सुमन मोक्तानको गोलसँगै कोलगाउँको अग्रता दोब्बर भयो। खेलको ४१औं मिनेटमा सुशील मोक्तानले अर्को गोल थपे।
निजगढ वडा नं ९ माथि एकोहोरोरूपमा हावी भएको खेलमा कोलगाउँका कप्तान बाबुराम थिङले ६३औं मिनेटमा थप १ गोल गर्दै कोलगाउँलाई ० का विरुद्ध ४ गोलअन्तरको जीत दिलाए। खेलको म्यान अफ दि म्याच कोलगाउँका कप्तान थिङ भए। प्रतियोगिता अन्तर्गत क्वाटरफाइनल खेलहरू बिहीवारदेखि शुरू हुनेछन्।
उक्त खेलको ५४औं मिनेटमा वडा नं ९ का कप्तान राजु श्रेष्ठले खेलको मर्यादाविपरीत खेलेको भन्दै रेफ्रीले रेड कार्ड देखाएपछि उनी खेलमैदानबाट बाहिरिएका थिए। उनले खेल शुरू भएको ४ मिनेटमैं पहेलो कार्ड खाए पनि सावधानीपूर्वक नखेल्दा रेड कार्ड खानुपरेको हो।
भोलि हुने पहिलो क्वाटरफाइनलमा निजगढ सिटी क्लब र सिंगौल एफसी ‘ए’ भिड्ने आयोजक निजगढ युवा क्लबले जनाएको छ। खेल शहीद हीरालाल रङ्गशालामा भइरहेको छ। उक्त खेलहरूमा एन्फा रेफ्रीहरू नारायण अधिकारी, महेन्द्र तामाङ, सहायक रेफ्रीमा सानु मगर र नीलकमल चौधरी रहेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here