प्रस, वीरगंज, २३ माघ/
जिल्ला अदालत पर्साको आयोजनामा सञ्चारकर्मीसँग एक दिने अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा न्यायाधीश धर्मराज पौडेलले सञ्चारकर्मीलाई सही सूचना दिन आग्रह गरे। उनले अदालतको निष्पक्षता, स्वच्छताप्रति आँच आउने समाचार सम्प्रेषण गर्दा संवेदनशीलता अपनाउन आग्रह गरे।
न्यायाधीश पौडेलले कामकारबाईप्रति न्यायाधीशहरू इमानदार रहेको तर बाहिरी हावाको कारण अदालत फोहर देखिने गरेको आरोप जनमानसमा छाएकाले सञ्चारकर्मीहरूले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए। उनले विगतका तुलनामा अहिले फैसला कार्यान्वयन पक्ष तदारूकताका साथ अगाडि बढेको दाबी गरे। केही फैसला कार्यान्वयन, दण्ड, जरिवाना असुल हुन नसक्नुका कारण भने भारतीय नागरिक रहेको उनले बताए। भारतीय नागरिक हुन्डी कारोबारीहरूसँग दण्ड, जरिवाना असुल गर्नुपर्ने हुनाले तिनीहरू बाहिर रहेका कारण असुल हुन नसकेको उनको भनाइ थियो। अहिलेसम्म पर्सामा सरकारवादी देवानी मुद्दा दर्ता हुन नसकेको उनको भनाइ थियो।
कार्यक्रममा सञ्चारकर्मीहरूले अदालतका कर्मचारीहरूले न्यायाधीशको नाम बेचेर खुलेआम रकम माग्ने गरेको बताए। आर्थिक लेनदेनविना मुद्दा फैसला नहुने गरेको, अर्थको बलमा निर्दोष व्यक्ति पनि कारबाई पर्ने गरेको आरोप लगाए। लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई सरुवा गर्दा अदालतको कामकारबाई पारदर्शी हुने सञ्चारकर्मीहरूले सुझाव दिएका थिए।
कार्यक्रममा न्यायाधीश र सरकारी वकीलहरूका चालक, भान्से, सुरक्षाकर्मी बताउने व्यक्तिहरूबाट नै बढी आर्थिक लेनदेन हुने गरेको गुनासो पनि उठेको थियो।
कार्यक्रममा अहिलेसम्म ४७६१ वटा मुद्दा फछ्र्योट हुन बाँकी रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। फैसला कार्यान्वयनसम्बन्धी निवेदनहरूको लगत र बाँकी अवधिगत पुस मसान्तसम्म १ हजार २, कैद जरिवाना र सरकारी बिगो, लगत फछ्र्योट जरिवाना रु ९८ करोड र कैद सङ्ख्या ३१ सय ३४ बाँकी रहेको तथ्याङ्कमा देखाइएको थियो।
कार्यक्रममा न्यायाधीश भोलाप्रसाद ढकाल, नारायण शर्मा, माधवप्रसाद मैनाली, हरिकृष्ण श्रेष्ठ, राजेशकुमार कटुवाल, उद्धवप्रसाद गजुरेल, श्रेस्तेदार कृष्णप्रसाद अधिकारी, तहसीलदार विनोद पोखरेल लगायतको सहभागिता थियो।