मन्त्री सोनलद्वारा दुधौरा खोला पुलको शिलान्यास

0

प्रस, परवानीपुर, २३ माघ/
प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले बारामा पुलको शिलान्यास गरेका छन्।
परवानीपुर–प्रस्टोका सडकखण्डमा पर्ने दुधौरा खोला (बडहर्वाघाट) पुलको शुक्रवार बिहान उनले शिलान्यास गरेका हुन्।
परवानीपुर गाउँँपालिकाको वडा नं १ र प्रसौनी गाउँँपालिकाको वडा नं ५ मा रहेको दुधौरा खोलामा पुल निर्माणको लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मूअकसहित रु १० करोड १५ लाख ४५ हजार बजेट विनियोजन गरिएको थियो।
यो योजना आव २०७५/०७६ को हो। ८२ दशमलव ९५ मिटर लम्बाइ र ४० मिटरको दुर्ईवटा स्पान भएको उक्त पुलबाट सवारीसाधन आवतजावत गर्न चौडाइ साढे ५ मिटर रहेको बताइएको छ।
१५ अक्टोबर २०१९ मा सम्झौता भई १५ अप्रिल २०२१ मा काम सकाउने शर्तमा पुलको ठेक्का रायमाझी–आजाद जेभी काठमाडौंलाई दिइएको छ।
शिलान्यास कार्यक्रममा मन्त्री सोनलले वर्षाैंदेखि सो खोलामा पुल नबन्दा सो क्षेत्रका दर्जनौं गाउँँका बासिन्दा तथा किसानलाई मर्का परिरहेको बताए। उनले पुल बनेपछि किसानलाई कृषि उपज सहजै परवानीपुर, कलैया, प्रसौनी बजारमा लैजान र खेतीकिसानी गर्न पनि मदत मिल्ने बताए। उनले पुलको काम सम्पन्न भएपछि १५ किलोमिटर घुमेर कलैया पुग्नुपर्ने बाध्यता पनि टर्ने उनले बताए। कार्यक्रममा बारा क्षेत्र नं ४ का निवर्तमान सङ्घीय सदस्य एकबाल मियाँ, परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह, प्रसौनी गाउँँपालिका अध्यक्ष भोला गुप्ता, उपाध्यक्ष गीता साह, परवानीपुर–३ का अध्यक्ष अनिल राम, मन्त्रालयका उपसचिव कृष्ण मिश्रलगायतको सहभागीता रहेको मन्त्रीका स्वकीय सचिव रमेश सर्राफले जानकारी गराए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here