प्रस, वीरगंज, २१ माघ/
जिल्ला समन्वय समिति, पर्साका प्रमुख नेकमहम्मद अन्सारीको अध्यक्ष्Fतामा बुधवार बसेको जिल्ला अनुगमन समितिको बैठकले भेडाहा र सिंघाही खोलामा नदीजन्य पदार्थ उत्खनन कार्य अर्को आदेश नहुन्जेलसम्म रोक्का गर्ने निर्णय गरेको छ।
बैठकले जिससबाट कार्यविधि बनाएर अर्को बैठकमा पेश गर्ने, कार्यविधि निर्माणका लागि डिभिजन वन कार्यालय तथा सम्बन्धित स्थानीय तहले आवश्यक सहयोग गर्ने, डिभिजन वन कार्यालयले वनको अवस्था सम्बन्धमा जिल्ला अनुगमन समितिमा प्रतिवेदन पेश गर्ने र सम्बन्धित स्थानीय तहले प्रारम्भिक वातावरणीय परीक्षण रिपोर्ट अनुसार ठेक्का व्यवस्था भएपश्चात् गरिने नदीजन्य पदार्थको उत्खननसम्बन्धी प्रतिवेदन अनुगमन समितिमा पेश गर्नुपर्ने निर्णय गरेको छ।
बैठकमा अनुगमन समितिका सदस्यहरू, वीरगंजका प्रमुख विजयकुमार सरावगी, पर्सागढी नपाका प्रमुख लोकनारायण यादव, प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, डिभिजन वन कार्यालयका निमित्त प्रमुख फरमान मियाँ, जिससका इन्जिनीयर विजयकुमार गुप्ता, जिससका निमित्त अधिकारी एवं सदस्य सचिव छविरमण भट्टराई, सुनील यादवलगायतको सहभागिता थियो।
वीरगंज महानगरको भेडाहा र पर्सागढी नपाको सिंघाही खोलामा नदीजन्य पदार्थ उत्खननको ठेक्का लिएका ठेकेदारले सम्झौताविपरीत गिट्टी, ढुङ्गा, बालुवा उत्खनन गरेको पाइएपछि अनुगमन समितिले माघ १९ गतेदेखि सो खोलामा उत्खनन कार्य रोक लगाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here