सहकारीलाई व्यवस्थित गर्नुपर्छ –मन्त्री साह

0

प्रस, वीरगंज, २१ माघ/
राष्ट्रिय सहकारी बैंक लि.को ६५औं शाखाको रूपमा बुधवारदेखि कलैयामा कारोबार शुरू गरेको छ।
शाखाको उद्घाटन गर्दै प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले सहकारीलाई व्यवस्थित गरेर लैजानुपर्ने आवश्यकता औंल्याए। कोरोनाकालपछि सहकारीहरूले रोजगार सृजना गरी युवाहरूलाई जीविकोपार्जन गर्न सहयोग गरेको बताए।
सहकारीहरूले साना उद्यमीहरूलाई दैनिक बचत गर्न लगाएर उनीहरूको आर्थिक उन्नतिमा सहयोग गरेको बताए। तर केही सहकारीले बचतकर्ताका करोडौं नगद लिएर फरार भएकोमा दुःख व्यक्त गर्दै सहकारी सङ्घले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए। उनले प्रदेश सरकारले चाँडै सहकारीसम्बन्धी ऐन ल्याइरहेको र सो ऐनले सहकारीमा भइरहेका अनियमितता केही हदसम्म नियन्त्रण गर्ने बताए।
बैंकका केन्द्रीय अध्यक्ष केबी उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य पारस साह, बैंकका सञ्चालक विश्वनाथ मण्डल, धु्रव यादव, नेफ्स्कुनका हरेराम पटेल, बैंकका सिइओ बद्री गुरागाईं, शम्भु गुप्ता, बारा अध्यक्ष्F मिश्रीलाल सहनी, जिल्ला कृषि सहकारी सङ्घ पर्साका अध्यक्ष शिवकुमार साहलगायतले मन्तव्य व्यक्त गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here