राधेश्याम पटेल, वीरगंज, २१ माघ/
वीरगंजमा एकजना पतिले आफ्नी पत्नीको हत्या गरेको घटना सार्वजनिक भएको छ।
भारतीय नागरिक ३५ वर्षीय असरफ अन्सारीले वीरगंज बसपार्क घर भई, वीरगंज–११ श्रीपुरमा बहाल लिएर राखेको पत्नी २२ वर्षीया मनु थापाको घाँटी थिचेर हत्या गरेका छन्। मङ्गलवार साँझ ६ बजे डेरामा दुवैबीच मनमुटाव हुँदा उनले पत्नीको घाँटी थिचेर हत्या गरेको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ। डेढ वर्ष पहिले लभ म्यारिज गरी डेरामा बस्दै आएको घरायसी विवादमा मनमुटाव हुँदा पतिले मनु थापाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।
अंसारीको परिवार वीरगंज छपकैयामा बस्दै आएको र डेढ वर्ष अघि उनीहरू दुवैको दोस्रो विवाह भएको थियो। मृतक मनु थापाको पहिलो पतिबाट साढे ३ वर्षकी छोरी छन्।
केटाको पहिलो पत्नीसँग सम्बन्ध विच्छेद भई मनुसँग दोस्रो विवाह गरेका थिए। घरायसी खर्चको विषयमा केही महीनादेखि दुवैबीच विवाद हुँदै आएको थियो।
शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा लगिएको पर्सा प्रहरीले जनाएको छ। केटा पहिले टेम्पो चलाएर गुजारा गर्दै आएका थिए भने हाल लागू औषध  र जाँड–रक्सी सेवन गर्दै आएको मृतक मनुकी आमा मीना थापाले बताएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here