प्रस, सेढवा २० माघ/
प्रथम पटेर्वासुगौली गोल्डकपको आज भएको खेलमा वीरगंज युनिटीले जीत हासिल गरेको छ।
समता समाज नेपालले निचुटाले आयोजना गरेको प्रतियोगितामा वीरगंज युनिटीले टाइब्रेकरमा झारखण्ड युवा क्लब देउरियालाई पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेका हो।
निर्धारित समयमा दुवै टीमबाट एक/एक गोल गरी बराबरीमा टुङ्गिएका थियो। प्रतियोगितामा झारखण्डका जर्सी नं १६ अन्जन चौधरीले एक गोल गरेका थिए भने वीरगंजका जर्सी नं १५ देवा गुरूङले १ गोल गरेका थिए।
आजको खेलमा वीरगंज युनिटीका गोलकिपर सरोज तामाङलाई मैन अफ दी मैच घोषित भए। तामाङलाई पटेर्वासुगौली गापा– १ का अध्यक्ष फरमान मियाँले नगद रू दुर्ई हजारसहित ट्रफी प्रदान गरेका थिए।
बुधवारको पहिलो क्वाटर फाइनल खेल वसन्तपुर युनाइटेड चितवन र एफसी मुन्डियाल क्लब हेटौडा मकवानपुरबीच हुने आयोजकले जनाएको छ।