९ जना शहीद परिवारलाई रोजगार

0

प्रस, वीरगंज, २० माघ/
प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मधेस आन्दोलनका शहीद परिवारका ९ जनालाई आज नियुक्ति दिएका छन्।
मधेस आन्दोलनमा शहीद भएका ‘एक परिवार, एक रोजगार’ अन्तर्गत आफ्नो मन्त्रालय अन्तर्गत विभिन्न कार्यालयमा काम गर्नेगरी योग्यता र क्षमताका आधारमा ९ जना शहीद परिवारलाई रोजगार दिएको मन्त्री सोनलका स्वकीय सचिव रमेश सर्राफले बताए।
आज मधेस भवन जनकपुरधाममा रहेको भौतिक पूर्वाधार मन्त्रालयमा सचिव रामाधार साहले शहीद वीरबल मुखिया बिनका छोरा सुखाडी मुखिया बिन, शहीद राकेशकुमार ठाकुरकी पत्नी रीनाकुमारी ठाकुर र शहीद रघु साफीका परिवारका सदस्य लक्ष्मण रजतलगायत ९ जनालाई उनीहरूको योग्यता, क्षमता अनुसार नियुक्तिपत्र दिइएको स्वकीय सचिव सर्राफले बताए।
यस अघि भौतिक पूर्वाधार मन्त्रालयमा दुईजना शहीद परिवारका सदस्यलाई रोजगार दिइएको थियो। थप तीनजनालाई रोजगार दिने प्रक्रिया अन्तिम चरणमा रहेको स्वकीय सचिव सर्राफले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here