प्रस, वीरगंज, ५ पुस/
ज्ञानदा एकेडेमीको आयोजनामा किशोर अवस्थामा पुगेका बालिकाप्रति अभिभावकको भूमिका विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक डा सिबी जदलीले कार्यक्रमबारे जानकारी गराउँदै अहिलेको अवस्थामा किशोर अवस्थामा पुगेका बालबालिकाको मनस्थिति र   व्यवहार अनुसार शारीरिक, मानसिक तथा भावनात्मक समस्यालाई बुझेर त्यसअनुरूप उनीहरूमा चेतना र ज्ञानको अभिवृद्धि गर्नुपर्ने बताए। उनले यसो गर्दा बालिकाहरूमा आत्मविश्वास बढ्ने बताउँदै यसका लागि अभिभावकहरू पथप्रदर्शक हुनुपर्ने कुरामा जोड दिए।
कार्यक्रमकी प्रमुख अतिथि वीरगंज लेडिज सर्कलकी अध्यक्ष रश्मि दास र डा कीर्ति अग्रवालले महिलाहरूको विविध समस्यालाई सम्बोधन गर्दै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुपर्ने कुरामा जोड दिए। उनीहरूले महिलाहरूमा हुने सबैखाले समस्याबारे छलफल गरी समस्या समाधानका उपायहरू खोज्न सकिने भन्दै सोहीअनुरूपको काम गर्न सुझाए। उनीहरूले किशोरीले आफ्नो समस्याबारे अभिभावकलाई खुलेर जानकारी दिनुपर्ने बताए। यस प्रकारका संवादले महिलाहरूको समस्या केही हदसम्म समाधान हुने उनीहरूको तर्क थियो।
कार्यक्रमको सहजीकरण शिक्षिका मेघा दधिचले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here