प्रस, वीरगंज, १९ मङ्सिर/
बाराको महागढीमाई नगरपालिकामा रहेका ६ वटा औषधिपसल र क्लिनिकहरूलाई औषधि व्यवस्था विभागले बन्द गराएको छ। औषधि व्यवस्था विभाग वीरगंज कार्यालयले बिहीवार सो स्थानमा प्रहरी र प्रशासनको सहयोगमा अनुगमन गर्दा मापदण्डविपरीत औषधिपसल र क्लिनिकहरू सञ्चालन भएको पाएपछि विभागले बन्द गराएको वीरगंज कार्यालयका निमित्त प्रमुख भाग्यनारायण सिंहले बताए।
सपना स्वास्थ्य क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाहा भेट फर्मा, तरुण भेट फर्मा, ठाकुर सर्जिकल, प्राथमिक स्वास्थ्य सेवा क्लिनिक बन्द गरिएको कार्यालय प्रमुख सिंहले बताए। पसलहरूले औषधि बिक्रीको अनुमतिपत्र नलिएको र सूचीकृत नभएका औषधि तथा म्याद गुज्रेका औषधि पसलमा भेटिएपछि बन्द गराएको बताएका छन्। यसैगरी, औषधिपसल सञ्चालनका लागि आवश्यक फार्मेसीको अध्ययन नगरेका व्यक्तिहरूबाट सञ्चालन भएको कारण पनि तोकिए मापदण्ड अनुसार पसल क्लिनिक सञ्चालन नभएको हुँदा बन्द गर्नुपरेको कुशवाहाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here