प्राज्ञिक गोष्ठी गरी सहप्राध्यापकको बिदाइ

0

प्रस, वीरगंज, १९ मङ्सिर/
ठाकुर राम बहुमुखी क्याम्पस वीरगंज, इतिहास शिक्षक विभागको आयोजनामा ऐतिहासिक सन्दर्भ प्राज्ञिक गोष्ठी सम्पन्न भएको छ।
इतिहास शिक्ष्Fण विभागका अवकाशप्राप्त सहप्राध्यापक सीताराम शरणको सम्मानमा आयोजित गोष्ठीमा प्राध्यापक एवं विभागीय प्रमुख वासुदेवलाल दासले वीरगंज एक ऐतिहासिक सन्दर्भबारे आलेख प्रस्तुत गरेका थिए। आलेखमाथि सहभागीहरूले समीक्षा गरेका थिए।
अवकाशप्राप्त सहप्राध्यापक शरणको अध्यक्षतामा आयोजित गोष्ठीमा उनैले स्वागत र कार्यक्रमबारे प्रस्तुति गरेका थिए।
कार्यक्रममा हरिरत्न तुलाधर, डा विश्वम्भर शर्मा, महेश दास, कन्हैया झा, सचिदानन्द सिंहले अवकाशप्राप्त शरणको सम्मानमा ठाराब क्याम्पसको इतिहासमा पहिलोपटक प्राज्ञिक बिदाइ नौलो पाराबाट गरिएकोमा क्याम्पसको प्रशंसा गरे। उनीहरूले अवकाशप्राप्त सहप्राध्यापक शरणको आगामी दिन पनि सुखद बितोस् भनी कामना गरेका थिए।
सहभागीहरूले सहप्राध्यापक शरणलाई सो अवसरमा औपचारिक बिदाइ पनि गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here