प्रस, वीरगंज, १४ मङ्सिर/
नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का महासचिव किरणकुमार कर्णले विज्ञप्ति जारी गरी प्रतीक दैनिकका रौतहट संवाददाता एवं नेपाल पत्रकार महासङ्घ प्रदेश २ का सदस्य शैलेन्द्र झासँग सूचनाको हक माग्ने क्रममा गरिएको दुव्र्यवहार सम्बन्धमा कारबाई नभएकोमा भत्र्सना गरेको छ।
पत्रकार झाले कात्तिक २४ गते कृषि ज्ञान केन्द्र रौतहटमा प्रक्रिया पूरा गरी सूचना माग गर्दा त्यहाँका निमित्त प्रमुख रवीन्द्रकुमार श्रीवास्तवले अभद्र व्यवहार गरेको र सो सम्बन्धमा हालसम्म जिल्ला प्रशासन कार्यालय रौतहट र सम्बन्धित निकायले घटना सम्बन्धमा छानबिन गर्ने र दोषीलाई कारबाई नगरेकोमा महासचिव कर्णले विज्ञप्ति प्रकाशित गरी भत्र्सना गरेका हुन्।
उनले दुव्र्यवहारको घटनामा जिल्ला प्रशासन कार्यालयले छानबिन, अनुसन्धान गर्नुपर्ने जिम्मेवारी निर्वाह नगरेकोमा भत्र्सना गरेका छन्। उनले सूचनाको हकबाट कसैलाई पनि वञ्चित गर्न नहुने र सो सम्बन्धमा सूचना माग गर्ने व्यक्तिमाथि दुव्र्यवहार हुनु निन्दनीय घटना भएको भन्दै यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई सूचना उपलब्ध गराउने वातावरण सृजना गराउन र दुव्र्यवहार गर्नेमाथि कानूनी कारबाई गर्न माग गरेका छन्।
पत्रकार झाले सूचना माग गर्दै निवेदन दर्ता गराएको लामो समयसम्म सूचना उपलब्ध नगराउनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ।
