प्रस, रौतहट, ११ कात्तिक/
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि चैतदेखि बन्द नेपाल–भारत सीमानाका अन्तर्गत गौरको बैरगनिया नाका आज बिहीवारदेखि खुला भएको छ ।
भारत सरकारले कात्तिक ६ गतेदेखि आफ्नो सीमानाका खुला गरे पनि नेपाल सरकारले अहिलेसम्म आधिकारिकरूपमा सीमानाका खोलेको छैन तर रौतहटमा नाका खोल्नको लागि नागरिकस्तरबाट व्यापक दबाब भएपछि आजदेखि बैरगनिया नाका खुला गरिएको हो । रौतहट नागरिक समाजको अगुवाइमा नाका खोलिए पनि भारतीय सुरक्ष्Fाकर्मीहरूले रोक लगाएका छन् ।
यसअघि भारतले नाका खुला गरेपछि नेपाली सुरक्ष्Fाकर्मीहरूले रोक लगाउँदै आएका थिए । माथिल्लो आदेश भनेर भारतीय सुरक्ष्Fाकर्मीहरूले नेपालतर्पmबाट आज नाका खुला भएपनि भारत जान रोक लगाएका थिए । नाकामा अभिलेख राखेर जिल्ला प्रशासन कार्यालय, रौतहटले आवतजावत सहज गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रप्रसाद यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here