रक्सौल नाका पनि अवरुद्ध

0

प्रस, वीरगंज, ११ कात्तिक/
भारतीय पक्षको अवरोधको कारण नेपाल–भारत सीमा अन्तर्गत वीरगंज–रक्सौल सडकखण्डमा आज बिहीवार आवतजावत ठप्प रह्यो ।
भारत सरकारले कात्तिक ६ गते आफ्नो सीमानाका खुला गरेपछि रक्सौल–वीरगंज आवतजावत शुरू भएको थियो । यो क्रममा भारततर्पm जाने नेपाली नम्बरका मोटरसाइकलहरू सहजरूपमा रक्सौल जाने तर भारतीय नम्बरका मोटरसाइकलहरू वीरगंज आउँदा सुरक्ष्Fाकर्मीले रोक लगाएको कारण आज रक्सौलवासीले नेपाली मोटरसाइकलको प्रवेशमा रोक लगाएका हुन् ।
नेपाली नम्बरका मोटरसाइकलहरू भारत प्रवेशमा रोक लगाइएपछि नेपाली सुरक्ष्Fाकर्मीले आज नाकाबाट पैदल आवतजावतमा पनि कडाइ गरेको छ । यसअघि, पैदल आवतजावतलाई नेपाली सुरक्ष्Fाकर्मीहरूले नजरअन्दाज गर्दै आएका थिए ।
यसैबीच, नाकाबन्दीको समाचार लिन गएका पर्सा पोस्ट साप्ताहिकका प्रकाशक अजितकुमार भुजेललाई भारतीय नागरिकले दुव्र्यवहार गरेका थिए । नेपालीहरूलाई प्रवेशमा रोक लगाउँदै आएका भारतीय नागरिकहरूको तस्वीर लिने क्रममा पत्रकार भुजेलसँग दुव्र्यवहार भएको हो । उनीहरूले तस्वीर डिलिट गर्न लगाएर भुजेललाई छाडेका थिए ।
पर्साकी प्रहरी उपरीक्ष्Fक गङ्गा पन्तले नेपालतर्पmको सीमानाका बन्द रहेको र भारततर्पm सीमानाका खुला रहेको अवस्थामा शुरूदेखि सीमानाकामा तनावको अवस्था रहेको र आज आक्रोशितहरूले प्रदर्शन गरे पनि हाल सो स्थानको अवस्था सामान्य भइसकेको जानकारी गराइन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here