प्रस, वीरगंज, ११ कात्तिक/
पोखरिया नगरपालिकाका कर्मचारी र निर्वाचित पदाधिकारीहरूबीच लामो समयदेखि चल्दै आएको विवाद चरम सीमामा पुगेको छ । विवादका कारण बिहीवार बिहान नगरपालिकामा तालाबन्दी गरिएको छ, जसले गर्दा सेवाग्राहीहरू मर्कामा परेका छन् ।
बिहीवार पोखरिया नगरपालिकाको सबै शाखामा तालाबन्दी भएको र कर्मचारीहरू नदेखिएको प्रत्यक्षदर्शी राजेश मिश्रले जानकारी गराए ।
यस विषयमा पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारले कर्मचारीहरू समयमा नआउने र आए पनि काम नगर्ने गरेको बताए।
उनले आफू कार्यालयमा बस्दा मात्र कर्मचारीहरू बस्ने गरेको र कार्यालयमा नहुँदा कर्मचारीहरू पनि नहुने गरेकाले कर्मचारीहरूलाई आज कार्यालयबाट लखेटेको बताए । उनले कर्मचारीहरूले आफ्नो बानी नसुधारेसम्म कार्यालयमा काम गर्न नदिने बताए ।
बुधवार आफू कार्यालयमा पुग्दा कर्मचारी हाजीरी गरी घर गएकाले आज आपैंmले कर्मचारीलाई कार्यालयमा काम गर्न नदिई लखेटेको बताए । कर्मचारीहरूले जनताको काम अल्झाएर राख्ने गरेको आरोप पनि लगाए । नगरप्रमुख रौनियारले नपामा कार्यरत ओभरसियर लालबाबू कुशवाहाले योजना नभएको ठाउँमा काम गर्न आफूखुशी कार्यादेश दिएको बताए ।
यसबारे कर्मचारीले जनप्रतिनिधिहरूले योजनाविना काम गराउने गरेको, अनावश्यक कामको भुक्तानी गर्न दबाब दिने गरेको आरोप लगाए । कर्मचारीहरूले जनप्रतिनिधिहरूले आफ्नो बानी नसुुधारेसम्म काममा नफर्कने बताए । कर्मचारीहरूलाई कार्यालयमा बस्ने वातावरण नभएको बताए ।
कर्मचारी स्रोतका अनुसार गत आव मसFन्तमा बाटो मरम्मत नगरीकन जनप्रतिनिधिले रु ९० लाख भुक्तानी दिन लगाएको आरोप लगाए ।
यता, जनप्रतिनिधिहरूले मुख्य कार्यालय र वडा कार्यालय रङ्गरोगन, मरम्मतमा रु ५० लाखभन्दा बढी रकम कर्मचारीहरूले निकाशा गरेको आरोप लगाए ।
कोरोनाकालमा कर्मचारीहरूले रु १ करोड २० लाखभन्दा बढी रकम खर्च गरेको तथा केही रकम निर्वाचित पदाधिकारीहरूबाट खर्च भएको एकजना प्रतिनिधिले यस दैनिकलाई जानकारी गराएका छन् ।