चौरसिया हत्याकाण्डमा आरोपितमध्ये ७ जनालाई उन्मुक्ति

0

प्रस, वीरगंज, ११ मङ्सिर/
मुकेश चौरसिया हत्याकाण्डमा आरोपित २७ जनामध्ये जिल्ला न्यायाधिवक्ताको कार्यालय पर्साले सातजनालाई उन्मुक्ति दिएको समाचार प्राप्त भएको छ ।
चौरसिया हत्याकाण्डका आरोपितलाई कारबाईको माग गर्दै विगत लामो समयदेखि वीरगंजमा आन्दोलनका कार्यक्रम हुँदै आएको थियो । सोमध्ये प्रहरीको प्रतिवेदनको आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालय वीरगंजले एक पक्ष्Fबाट राजकुमार गुप्ता, धीरज चौरसिया, वकील गद्दी तथा अर्को पक्षबाट नागेन्द्र चौधरी, रामचन्द्र साह, छोटेलाल यादव, परशुराम साहलगायत सातजनालाई घटनामा संलग्न नभएको भन्दै न्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ ।
जिल्ला न्यायाधिवक्ता पद्मबहादुर कार्कीका अनुसार तत्काल घटित घटनामा उल्लिखित व्यक्तिहरूको नाम प्रहरी प्रतिवेदनमा नदेखिएको कारण तथा प्रहरी अनुसन्धानबाट पनि सो घटनामा ती व्यक्तिहरू संलग्न नदेखिएकाले अनुसन्धानबाट खुलेका कारण यस कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको जानकारी गराए ।
गुट–उपगुटको कारण दुईटै पक्ष एकअर्काविरुद्धमा लागेपछि दुईटै पक्षबाट जिप्रकाले मुद्दा दर्ता गरेपछि २७ जना आरोपी भएका थिए । सोमध्ये मुख्य नेताहरूमाथि मुद्दा नचल्ने तथा बाँकी अन्य कार्यकर्तामाथि मुद्दा चल्ने सङ्केत देखिएको छ ।
कात्तिक ६ गते विन्ध्यवासिनी गाउँपालिकामा शपथग्रहणको विषयलाई लिएर झडप हुँदा चौरसिया सख्त घाइते भएका थिए । भोलिपल्ट चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here