प्रस, सप्तरी, ८ मङ्सिर/
सप्तरीका तीनवटा स्थानीय तहमा १५/१५ शøयाको अस्पताल बनाउने प्रक्रिया शुरू भएको छ। सङ्घीय सरकारले मुलुकका ३९४ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने प्रक्रिया अगाडि बढाएसँगै सप्तरीका तीनवटा पालिकामा अस्पताल बन्ने भएको हो।
जिल्लाको कञ्चनरूप नगरपालिका, तिरहुत गाउँपालिका र सुरुङ्गा नगरपालिकामा १/१ वटा अस्पताल बन्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। उक्त पालिकाहरूमा यसअघि सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूलाई नै स्तरोन्नति गरी  अस्पताल स्थापना गरिने सम्बन्धित पालिकाका कार्यालयहरूले पुष्टि गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहमा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तीनवटै स्थानीय तहलाई कात्तिक २८ गते अस्पताल निर्माण गर्ने सम्बन्धमा जानकारी साथै आवश्यक तयारीका लागि पत्राचार गरिसकेको छ। सो पत्र बमोजिम कञ्चनरूप नगरपालिकाको कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्र, तिरहुत गाउँपालिकाको लोहजारा स्वास्थ्य चौकी र सुरुङ्गा नगरपालिकास्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्रलाई १५/१५ शøयाको आधारभूत अस्पतालको रूपमा स्तरोन्नति गर्ने जनाइएको छ।
जिल्लाका उक्त तीनवटै स्थानीय तहमा निर्माण हुने अस्पतालका लागि चालू आर्थिक वर्षमा ३ करोड २३ लाख ३ हजार रुपैयाँका दरले बजेटसमेत केन्द्रबाट नै विनियोजन भइसकेको छ। अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा कुल लागतको १७.९ प्रतिशत बजेट उपलब्ध गराउने लक्ष्य बमोजिम उक्त रकम विनियोजन गरिएको सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ।
मङ्सिर १५ गते एकै दिन जिल्लाका तीनवटै स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास एकै साथ गरिने मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयका सहसचिव वसन्त अधिकारीले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here