वाग्मती प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना खोल्यो

0

प्रस, मकवानपुर, ८ मङ्सिर/
वाग्मती प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरू गरेको छ। आयोगले पहिलोपटक ४६९ जना कर्मचारीको माग गरेको छ।
प्रदेशस्तरमा गठित लोकसेवा आयोगले ४६९ जना कर्मचारीको लागि भर्ना खोलेको छ। प्रदेश र पालिकामा सहायक स्तर चौथो तहका विभिन्न पदका लागि ४६९ दरबन्दीमा खुला र आन्तरिक बढुवाबाट पदपूर्ति गर्न आयोगले  आइतवार विज्ञापन गरेको हो। प्रदेशका दुई मन्त्रालय र ४४ वटा पालिकामा गरी सहायक स्तर चौथो तहका ४६९ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए।
यसैबीच, आयोगले प्रदेश निजामती सेवा वार्षिक पदपूर्ति कार्यतालिकासमेत सार्वजनिक गरेको छ। प्रदेशस्तरमा यति धेरै पदमा विज्ञापन गरेको पहिलोपटक हो। वाग्मती प्रदेशका ११९ वटा पालिकामध्येमा २२ वटा पालिकाले मात्र प्रदेश लोकसेवा आयोगलाई कर्मचारी मागको विवरण पठाएका थिए। त्यसैगरी, प्रदेश सरकारका ७ वटा मन्त्रालयमध्ये दुईवटा मन्त्रालयले मात्र कर्मचारी माग गरेका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले २० जना र भौतिक पूर्वाधार विकास मन्त्रालयले २ जना कर्मचारी माग गरेको आयोगले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here