अनन्तकुमार लाल दास
प्रत्येक स्थिति र अवस्थाको दुईवटा पक्ष हुन्छ । पहिलो आन्तरिक र दोस्रो बाह्य । बाह्य अवस्थालाई मानिसले कृत्रिमताबाट सुधार गर्न सक्छ तर आन्तरिक अवस्था बिग्रेपछि मानिसको सर्वनाश नै हुन्छ । बाहिरी शत्रुको मानिसले उपेक्षा पनि गर्न सक्छ तर आन्तरिक शत्रुलाई वशमा गर्न धेरै कठिन हुन्छ । यही नियम हाम्रो देशको स्थितिमा पनि लागू हुन्छ । हाम्रो देशको बाहिरी स्थिति जति सुदृढ वा विदेशमा गएर हामीले जति सम्मान प्राप्त गरे तापनि वा हाम्रो विदेश नीति जति सफल भए तापनि वा हाम्रो सीमा सुरक्षा जति सबल भए पनि, यदि आन्तरिक स्थिति बलियो छैन भने एक दिन अवश्य नै हाम्रो देशको पतन हुनेछ । देशको आन्तरिक स्थिति धनधान्य र अन्नमाथि निर्भर गर्दछ । आज हाम्रो देशको प्रमुख समस्या हरेक दिन सुरसाको मुखजस्तै तन्किइरहेको दैनिक उपभोगका वस्तुहरूको मूल्य रहेको छ । यसबाट सम्पूर्ण देशको जीवन नै अस्तव्यस्त भइसकेको छ । एकातिर कोरोनाजस्तो महामारी र अर्कोतिर मानिसलाई चाहिने खाद्य पदार्थ, विद्युत्जस्ता दैनिक उपभोगका वस्तुहरूको मूल्य दिनानुदिन वृद्धि भइरहेको छ । यसले गर्दा मानिसलाई जीवन निर्वाह गर्न बडो गा¥हो भइरहेको छ। आज रुपियाँको कुनै मूल्य छैन । सामानको भाउ कैयौं गुणा बढिसकेको छ । गरीब र मध्यम वर्गका मानिसलाई जीवन धान्न गा¥हो भइसकेको छ । अभाव र असन्तुष्टि समाजमा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
अर्थशास्त्रीहरूका अनुसार जब उत्पादन बढ्छ, वस्तुको मूल्य घट्छ । सरकारी तथ्याङ्कले कोरोना महामारीले गर्दा स्वदेशी उत्पादन खेर गइरहेको छ, तर सामानको भाउ भने बढेको छ । यो आश्चर्यजनक कुरो हो । आज मानिसले घर बनाउन सिमेन्ट किन्न जाँदा धेरै पटक सोच्नुपर्ने हुन्छ । जीवनको लागि चाहिने अन्य वस्तुहरूको मूल्यमा पनि आशाभन्दा बढी वृद्धि भएको छ । अर्थशास्त्रका विद्वान्हरूका अनुसार खाद्यान्न उत्पादनमा ४० प्रतिशतले वृद्धि भएको छ । जमीनको भाउ बढेको छ । सुनको भाउले त आकाश नै छुन थालेको छ । प्याज पनि १४० रुपियाँ प्रतिकिलो भएको छ । माछामासुको मूल्य पनि बढेको छ । हाम्रो देश जलस्रोतमा धनी भएर पनि हामीलाई सबैभन्दा महँगो मूल्यमा बिजुली प्राप्त भइरहेको छ र त्यो पनि हिजोआज नियमित छैन । आज कुनै यस्तो वस्तु छैन, जसको मूल्य वृद्धि भएको छैन ।
यहाँनिर के प्रश्न उठ्छ भने यस अव्यवस्थाको कारण के हो ? के हाम्रो देशमा मूल्य नियन्त्रण गर्ने कुनै निकाय छैन ? के यहाँका मानिस दक्ष नाविक नभएको डुङ्गामा सवार छन् ? गहिरिएर हेर्ने हो भने आज हाम्रो समाजको अवस्था यस्तै देखिन्छ । हरेकले आआप्mनो मनपरितन्त्र चलाउन थालेको छ । सबैले आपूmलाई जे गर्न पनि स्वतन्त्र ठान्छन् । तर कुरो यस्तो हैन ।
दीर्घकालीन शोषणपछि हामीलाई लोकतन्त्र प्राप्त भएको छ । वास्तवमा भन्ने हो भने हाम्रो देशको आर्थिक अवस्था अत्यन्त दयनीय छ । नयाँ योजना तर्जुमा गरी देशलाई राम्ररी डो¥याउन समय लाग्छ । यस्ता पनि केही मानिस छन्, जो देशको सङ्क्रमणकालीन अवस्थाबाट फाइदा लिन खोजिरहेका छन् । सरकार वा अन्य राजनीतिक दल पनि आप्mनै कुर्सी जोगाउन कसरत गरिरहेका छन् । यस कारण निहित स्वार्थको खेल खेल्ने र मुनाफाखोरहरूले सङ्क्रमणकालीन अवस्थाको आडमा आपूmखुशी वस्तुको मूल्य निर्धारण गरेर बेचिरहेका छन् । यसरी एउटा विशेष वर्गले समाजलाई भ्रष्टाचारको अखडा बनाइराखेको छ । उनीहरूले सामाजिक जीवनसहित राष्ट्रिय जीवनलाई पनि दूषित बनाएका छन् । देशमा भइरहेको नैतिक पतनले गर्दा नै आज मूल्यवृद्धि एउटा भयावह समस्याको रूपमा देखा परिहेको छ । मुनाफाबाहेक आज एक आपसमा न कुनै प्रकारको सम्बन्ध छ, न रिश्तेदारी ।
कुनै पनि देशको आम्दनीको प्रमुख साधन त्यहाँको व्यापार र उद्योग हुने गर्दछ । हाम्रो देशमा उद्योग र व्यापारमा वृद्धि हुनुको साटो दिन प्रतिदिन ¥हास आइरहेको छ । आन्तरिक व्यापार धराशायी र वैदेशिक व्यापारमा वृद्धि भइरहेको छ । विदेशबाट सामान आयातमा वृद्धि भएपछि मूल्यवृद्धि हुनु स्वाभाविक नै हो । देशमा हुने प्राकृतिक प्रकोप र महामारीको नाउँमा सरकारी कोष खाली भइरहेको अवस्था छ । सरकारलाई यो धन जनताबाट नै प्राप्त हुन्छ । परिणामस्वरूप मूल्यवृद्धि भइरहेको छ ।
आज जनतामा असन्तोष व्याप्त छ । देशको एक कुनाबाट अर्को कुनासम्म मानिस मूल्यवृद्धिबाट परेशान छ । सरकार विरोधी दलहरूले यसबाट फाइदा उठाउन खोजिरहेका छन् । कतै उनीहरूले केही खास समुदायलाई उचाली आन्दोलन गराइरहेका छन् भने कतै मध्यम वर्गलाई उचाली जुलूस र धर्ना गराइरहेका छन् । अधिकांश जनता उनीहरूले बुनेको जालमा पँmसेर पुनः पाँच वर्षका लागि आप्mनो शोषण गर्ने लाइसेन्स दिन बाध्य छ ।
वर्तमान मूल्यवृद्धि रोक्ने एउटै उपाय छ । त्यसका लागि जनताको नैतिक उत्थान गर्नुपर्छ । उनीहरूलाई यस्तो नैतिक शिक्षा दिनुपर्छ जसको प्रभाव उनीहरूको हृदयमा परोस् । तर आजभोलि शिक्षा कसैको प्राथमिकतामा रहेको देखिंदैन । विनाचरित्र र सोच परिवर्तनको यस समस्याको कुनै निकास छैन । आआप्mनो स्वार्थ साधन नै आज प्रत्येक नेपालीको जीवन लक्ष्य बनेको छ । आम जनतालाई न राष्ट्रिय भावनाको ध्यान छ, न देशहितको । यस कारण उनीहरूमा देशहितको भावना जगाउने खालको उच्चकोटिको नैतिक शिक्षाको खाँचो रहेको छ । मूल्यवृद्धि न्यून गर्ने अर्को उपाय हो, सरकारको कठोर नियन्त्रण । जसले भ्रष्टाचार गर्छ वा जो अधिकारी भ्रष्ट छन्, उनीहरूलाई तत्काल जागीरबाट निष्काशित गर्नुपर्छ वा कठोर दण्ड दिनुपर्छ ।
मूल्यवृद्धिको सम्बन्धमा जनसङ्ख्या वृद्धि पनि एउटा महŒवपूर्ण कारण हो । यस कारण मूल्यवृद्धि रोक्न जनसङ्ख्या नियन्त्रणमा ध्यान दिन पनि अति आवश्यक छ । यस कार्यमा जनताले पनि सरकारलाई मदत गर्नुपर्छ र आप्mनो आचरण र सोचमा पनि सुधार ल्याउनुपर्छ । वास्तविकता त के हो भने यदि सरकारले देशको स्थितिमा सुधार ल्याउन चाहन्छ भने उसले पनि आप्mनो नीतिमा स्थिरता ल्याउनुपर्छ, अनिमात्र मूल्यवृद्धिमाथि केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।
आज अनाचार र भ्रष्टाचार नेपाली जीवनको पर्याय बनेको छ । आर्थिक विषमता दिन प्रतिदिन बढिरहेको छ । भ्रष्टाचारमुक्त क्षेत्र पाउन गा¥हो भइसकेको छ । उचित र अनुचितको विचार प्रायः लुप्त भइसकेको छ । यस कारण मूल्यमा नियन्त्रण गर्न गा¥हो भइरहेको छ । यदि यसरी नै मूल्यवृद्धि भइरह्यो भने समाजमा अराजकता पैmलिन बेर लाग्दैन । यस कारण के आवश्यक छ भने हाम्रा नेताहरू निस्स्वार्थी र निष्पक्ष भएर आर्थिक नीति निर्माण र कार्यान्वयन गरून्, किनभने आयातलाई हतोत्साहित र निर्यातलाई प्रोत्साहित गर्न अति आवश्यक छ । युवा पलायन रोक्ने, स्वदेशमैं रोजगारको सम्भावना बढाउने र कृषि उत्पादनमा वृद्धि हुने खालको देश सुहाउँदो शिक्षा नीति ल्याउन आवश्यक छ । यी उपाय पनि मूल्यवृद्धि न्यून गर्न सहयोगी हुन सक्छ । तर आज के स्थिति छ भने कोरोनाकालमा जो स्वदैशमैं बस्ने सपना बोकेर आएका थिए उनीहरू पुनः विदेशिन बाध्य छन् ।
यस दिशामा सरकारी प्रयत्नलाई गति दिनुपर्छ । यदि देशमा अन्न उत्पादनमा वृद्धि भएन, जनताले आप्mनै देशमा रोजगार पाएन, जनता जागरुक भएन वा शासनको भ्रष्टाचारमाथि कठोर नियन्त्रण भएन, समाजिक सोचमा सकारात्मक परिवर्तन भएन भने मूल्यवृद्धि रोक्न सकिन्न। परिणामस्वरूप गरीब जनताले साग–रोटी पाउँदैन र यदि यसो भयो भने त्यस देशको भविष्य के होला भन्न सकिन्न !