प्रस, वीरगंज, १५ कात्तिक/
    २६औं राष्ट्रिय कन्डम दिवस वीरगंजमा मनाइएको छ।
    ‘दोहोरो सुरक्षाका लागि कन्डमको पहँुच बढाऔं’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी पर्साको आयोजनामा विद्यार्थी जागरण मञ्च, आराधना समाज, सहयात्री समाज, नीता फाउन्डेशन, बारा प्लस, वीरगंज महानगरपालिका तथा स्वास्थ्य कार्यालयको सहकार्यमा घण्टाघरमा कार्यक्रम भएको थियो। ब्यानर र प्लेकार्डसहित घण्टाघरमा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम गरिएको थियो।
    नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यालय प्रमुख उदयराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा आराधना समाजका अवधेश साह र वीरगंज महानगर स्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण विजामका नीरज साहले गरेका थिए।
प्रस, रौतहट/
    नीलहीरा समाज रौतहटले २६औं राष्ट्रिय कन्डम दिवसको अवसरमा पत्रकार सम्मेलन गरी जिल्लामा एचआइभीको अवस्थाबारे जानकारी गराएको छ।
    सेभ द चिल्ड्रेनको सहयोगमा नीलहीरा समाज रौतहटले एचआइभी रोकथामको लागि काम गरिरहेको संयोजक जिना राणाले बताइन्। उनले रौतहटमा २१४ जना सङ्क्रमित रहेको र १९१ जनाले नियमितरूपमा औषधिसेवन गरिरहेको बताइन्। उनले १६ जना एचआईभी सङ्क्रमित अहिलेसम्म सम्पर्कबाहिर रहेको र ७ जनाको मृत्यु भइसकेको जानकारी गराइन्।
    संयोजक राणाले विभिन्न कारणले एचआइभी परीक्षण गराउन नसकेकाहरूलाई संस्थाले सहयोग र परामर्श दिंदै आएको पनि बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here