नेकाको शुभकामना आदानप्रदान कार्यक्रम

0

प्रस, परवानीपुर, १५ कात्तिक/
    नेपाली काङ्ग्रेस बाराले शुक्रवार र शनिवार बाराको परवानीपुर विश्रामपुरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
    नेकाले शनिवार विश्रामपुर गाउँपालिकामा आयोजना गरेको कार्यक्रम सुनील गुप्ता, बृजलाल यादव, लोकेश सिंह, जगदीश साह, जयनारायण यादव,   किशोरी साह, सुरेन्द्र गुप्ता, मदन यादव, भोला गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
    नेपाली काङ्ग्रेस गाउँपालिका सभापति जगदीश यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो।
    यसअघि शुक्रवार बाराको परवानीपुर गाउँपालिका–३ मा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो। कार्यक्रमका प्रमुख अतिथि सुनील गुप्ताले चाडपर्व स्वास्थ्य मापदण्ड अपनाएर मनाउन आग्रह गरे। कार्यक्रममा नेता लोकेश सिंह, जगदीश साह, जयनारायण यादव, विजय गुप्ता, लालबाबू यादव, राजकिशोर गुप्ता, प्रमोद सिहंलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here