प्रस, परवानीपुर, ६ कात्तिक/
    वीरगंज महानगरपालिका–२१ लिपनीबिर्तामा रहेको श्री गीता गजेन्द्रराज जोशी मावि, सुखचैनामा रु १६ लाखको लागतमा दुई कोठे पक्की भवनको निर्माण शुरू भएको छ।
    बिहीवार एक समारोहबीच भवनको शिलान्यास गर्दै निर्माण कार्य शुरू भएको हो। वीरगंज महानगरपालिकाको आव २०७६/०७७ को बजेटबाट निर्माण हुने उक्त भवनको काम कोरोना महामारीको कारण सात महीना ढिला भएको थियो। विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्दै गएको र कक्षा कोठाको अभाव भएपछि महानगरपालिकाले उक्त भवन निर्माणको लागि बजेट दिएको हो। आगामी पुस मसान्तसम्म निर्माण कार्य पूरा गर्ने विद्यालयसँग महानगरले सम्झौता गरेको छ।
    वीरगंजका उद्योगी एवं विद्यालयका चन्दादाता सुरेश रूँगटाले भवन निर्माणको शिलान्यास गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्F जीतेन्द्रप्रसाद कुर्मीको अध्यक्षता एवं वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरगंज–१८ का अध्यक्ष्F ब्रह्मदेव राउत कुर्मी, वडा नं २१ का अध्यक्ष हबीब मियाँ, लिपनीबिर्ता वडाका सदस्य एवं सो विद्यालयका पूर्व विव्यसका अध्यक्ष जतनराउत कुर्मी, रेलवे माविका प्रअ दिनेश चौरसियालगायतको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक राजकुमार सिंहले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here