बहिरा विद्यालयको उद्घाटन

0

प्रस, वीरगंज, ६ कात्तिक/
    वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले बिहीवार वीरगंज–१३ राधेमाईस्थित बहिरा विद्यालयको उद्घाटन गरेका छन्।
    उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले विद्यालयलाई आवश्यक पर्ने फर्निचर, कम्प्युटर,  एलइडी टेलिभिजन उपलब्ध गराएका थिए। उनले विद्यालय सञ्चालनको लागि बजेट व्यवस्थापन गरेको जानकारी गराए।
    नगरप्रमुख सरावगीले बहिरा विद्यालयको लागि दुईजना शिक्षकको नियुक्ति मिलाइसकेको जानकारी गराए।
    प्रधानाध्यापक मीना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महानगर शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्ण, वडाध्यक्ष तूफान अन्सारी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रनि दीपक साह, बहिरा सङ्घ पर्साका सदस्य जुल्फिकार अन्सारी, नगरपरिषद् सदस्य राजकुमार महतो, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईं, दिनानाथ रौनियालगायतको सहभागिता थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here