मलङ्गवा, ५ कात्तिक/रासस
    लागूऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुर्ईजनालाई पक्राउ गरेको छ।  
    लालबन्दी नगरपालिका–१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई बुधवार बिहान ४ः३० बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका–२ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतोलाई पक्राउ गरेको हो।  
    डाबरीबाट जङ्गलको बाटो हुँदै बागवानी आएपछि उनीहरूलाई प्रहरीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रनाउ मदन कुँवरले जानकारी दिए। प्रहरीले उनीहरूका साथबाट दुर्ई फिट लामो धारिलो हतियार तरबारसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
    यसैबीच, बलरा नगरपालिकामा पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ।  
    बलरा–४ स्थित सार्वजनिक पोखरीमा डुबेर स्थानीयवासी जगु सहनीका नौ वर्षीय छोरा आदित्यकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मङ्गलवार साँझ पोखरीमा नुहाउने क्रममा सहनी पोखरीमा डुबेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here