प्रस, परवानीपुर, ३० असोज/
सुक्खा बन्दरगाह सञ्चालनको ठेक्का लिएको प्रिन्सिटाइन भ्याली प्रालिका निर्देशक रजनीश कुमारसँग वीरगंजका उद्योगी–व्यवसायीले छलफल गरेका छन् । वीरगंज उद्योग वाणिज्य सङ्घमा भएको छलफलमा निर्देशक रजनीश कुमारले नेपालको भारत तथा तेस्रो मुलुकसँगको व्यापार एवं पारवहनमा ठेकेदार कम्पनीले सहजता प्रदान गर्दै जाने आश्वासन
दिए ।
उनले आयातकर्ताहरूको लागत खर्च घटाउन विभिन्न योजनाका आधारमा कामको थालनी गरेको दाबी गरे । सुक्खा बन्दरगाहमा रहेको ट्र्याकको व्यवस्थापन गरिएको बताए । उनले ट्र्याकको व्यवस्थापनबाट सबैजसो ट्र्याकमा आवजाउ सहज हुने दाबी गरे । यसैगरी, हाल कन्टेनर तथा सामान लोड अनलोड गर्न चारवटा रिच स्टेकरले काम गरिरहेको र थप दुईवटा मेशिन आयात गरिएको बताए ।
उनले व्यवसायीहरूलाई लोड अनलोडमा सहजता प्रदान गर्दै लैजाने र बिलिङमा हुने ढिलाइको समस्यालाई
पनि समयमैं समाधान गर्ने आश्वासन दिए । सामान हैन्डिलिङमा नयाँ ठेक्का रु ३३३ करोडको भएको र लागत
शुल्क सरकारले १० प्रतिशत वृद्धि गरेको उनले बताए । नेपाल सरकारको
नेपाल इन्टरमोडेलले शुल्क घटायो
भने सञ्चालक कम्पनीले पनि सोही बमोजिम सेवा दिने उनले प्रतिबद्धता जाहेर गरे ।
छलफल कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक टेमानी, सुशान्त चाचान, सुरेश रूँगटालगायतको सहभागिता रहेको सङ्घका महासचिव माधव राजपालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here