प्रस, वीरगंज, ३० असोज/
भFरतीय सीमा सुरक्षा बलले सिकटा बजारमा छोरीको बिहेको लागि सामान खरीद गर्न गएका एकजनाको तीन लाख रुपैयाँ खोसेर राखेको छ ।
धोबिनी गाउँपालिका–३ हरिहरपुरका किशोर साह छोरालाई सँगै लिएर छोरीको बिहेका लागि मोटरसाइकल, सुनका गहना र अन्य सामान खरीद गर्न भारतीय सिकटा बजार गएको बेला सीमा सुरक्षा बलले उनी र छोरालाई पक्राउ गरी खानतलाशी गरेको थियो । खानतलाशीबाट तीन लाख नगद बरामद भएपछि उनीहरूलाई क्याम्पमा लगेर सोधपूछको क्रममा चरम यातना दिएको किशोरी साहले बताएका छन् ।
एक रात बुबा–छोरालाई क्याम्पमैं राखियो र यातना दिइयो । तर छोरीको बिहेको लागि सो रकम भएको बुझे पनि एसएसबीले रकम राखेर बुबा–छोरालाई छाडेको थियो । रकम माग्दा एसएसबीले जेल चलान गर्ने धम्की दिएको किशोरीले बताए । छोरीको बिहेको लागि जम्मा गरेको पूँजी एसएसबीले खोसेर राखेपछि घरमा रुवाबासी भएको किशोरीले बताए । उनले यो घटनापछि छोरीको बिहे अन्योलमा परेको भन्दै सहजीकरण गरेर रकम फिर्ता दिलाइदिन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here