प्रस, सिराहा, २७ असोज/
    सिराहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।
    एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएकोले आकस्मिक सेवाबाहेकका सबै सेवा अर्काे सूचना जारी नभएसम्मका लागि बन्द गरिएको अस्पतालले मङ्गलवार सूचना टाँस गरेर जानकारी गराएको हो।
    अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर छिट्टै सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ। अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसिआर रिपोर्ट नआएसम्म अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा अर्काे सूचना नआएसम्म बन्द रहने अस्पतालका प्रमुख सुनीलप्रसाद कुशवाहाले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here