सङ्क्रमित सञ्चारकर्मीको सङ्ख्या ८ पुग्यो

0

प्रस, महोत्तरी, २७ असोज/ 

           महोत्तरी जिल्लामा हालसम्म ८ जना सञ्चारकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ।
    पछिल्लोपटक मङ्गलवार एकै दिन चारजना सञ्चारकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो। यसअघि  चारजनामा सङ्क्रमण पुष्टि भएको थियो।
    आज सङ्क्रमण पुष्टि भएका चारैजना रेडियोकर्मी हुन्। उनीहरूमा लक्षणसमेत देखा परेको बताइएको छ। चार दिनअघिदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा चारैजनामा सङ्क्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी दिएका
छन्।
    यसअघि एकजना सञ्चारकर्मीलाई बितेको बिहीवार र अर्को एकजना महिला सञ्चारकर्मीलाई शनिवार सङ्क्रमण पुष्टि भएको हो। यसैगरी, सोभन्दा पनि पहिले सङ्क्रमण पुष्टि भएका दुईजना हाल कोरोनामुक्त भइसकेका छन् भने बाँकी ६ जना होम आइसोलेशनमा बसेका छन्। सञ्चारकर्मीहरूले बर्दिवास अस्पतालमा स्वाब परीक्षण गराएका थिए।
    जिल्लामा हालसम्म एक हजार ६०३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। सोमध्ये १५ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here