प्रस, वीरगंज, २३ असोज/
नारायणी अस्पतालको प्रयोगशालामा बिहीवार राति भएको पिसिआर परीक्षण रिपोर्टबाट १९ जना सङ्क्रमित थपिएका छन्।
अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले २९२ जनाको स्वाब नमूना परीक्षण गर्दा पर्सामा १२ र बारामा ७ जना सङ्क्रमित पुष्टि भएको बताए। १९ जना सङ्क्रमितमा १६ देखि ६७ वर्षीय छन्।