चिरञ्जीवी सापकोटा, ठोरी, १८ असोज/
असारमा मानो रोपे पनि मङ्सिरमा मुरी भिœयाउन नसकिने लक्षण देखिएपछि ठोरीका किसानलाई पीर परेको छ ।
धानको बालामा दाना लाग्नुपर्ने बेला दानाभन्दा पनि भुस धेरै देखिएको छ । “असारको बेला दिनरात घामपानी नभनी धान रोपेकै हौं । रु ७ सय पर्ने युरिया मल रु ३ हजारसम्म तिरेर धानमा हालेका थियौं । तर अहिले धानको झुल्नुपर्ने बालामा दानाविनाको भुसले बाला ढाकेको छ,” ठोरी–२ का धान किसान गोविन्द प्याकुरेलले प्रतीकसँग गुनासो पोखे । धान भिœयाउनुपर्ने बेलामा यस वर्ष पराल मात्रै भिœयाउनुपर्ने अवस्था आएकोले निकै मानसिक तनाव भइरहेको ठोरीका किसानहरूको दुःखेसो छ ।
बालीहरूमध्ये सबैभन्दा धेरै मेहनत धान रोप्नको लागि पर्छ । खेत जोत्ने, हिल्याउने, पानी लगाउने, रोपाइँ गर्ने, गोडमेल गर्ने, मल छर्ने, कीटनाशक औषधिको प्रयोग गर्नेलगायतका कृषि कर्म गरेका किसानहरू मङ्सिरमा भिœयाइने धानको बालामा पोटिलो दानाको कल्पनामा थिए । तर दाना लाग्नुपर्ने बेलामा धान सुक्दै पहेंलो हुँदै गएपछि दानाको ठाउँमा भुस मात्रै देखिएको छ ।
धान नफलेको कारण कतिपय किसान खेतमा डँढेलो लगाउने बताइरहेका छन् भने केही किसान वस्तुभाउलाई खुवाउनको लागि पराल मात्रै भएपनि भिœयाउने तयारीमा छन् । धान किसान प्याकुरेलका अनुसार धानको कुनै पनि बालामा हरियोपन देखिंदैन, बोट सुकेर पहेंलो भएको छ । धान फल्ने बालामा भुसैभुस मात्रै फलेको छ । बितेका वर्षहरूमा चितवन राष्ट्रिय निकुञ्जको जङ्गलबाट आउने हात्ती, बँदेललगायतका जङ्गली जनावरले धान खाने, नष्ट पार्ने गरेका थिए । यस वर्ष बोटमा दाना नफलेपछि जङ्गली जनावर पनि नआएको स्थानीय बासिन्दाको भनाइ छ । विगत ७० मुरी धान फल्ने खेतमा यसपालि मुश्किलले ४ देखि ७ मुरीसम्म मात्र धान भिœयाउन पाउने किसान रञ्जु पराजुलीको अनुमान छ ।
“धानको बाला लाग्ने बेला भएपछि शुरूशुरूमा सेतो पुतली लागेको त्यसपछि अन्य कीराहरू लागेर धानको बालालाई सुकाइदियो,” पराजुलीले बताइन् ।
यसपालि धेरै पानी परेको र हुरीबतास बढी चलेका कारण धानमा यसको असर परेको हुन सक्ने किसानहरूको ठम्याइ छ । ठोरी १ र २ का अधिकांश बासिन्दा कृषिमा निर्भर छन् । यहाँको प्रमुख खेती धानबाली हो । यहाँ कुनै पनि निकायबाट मजदूरका लागि सम्बन्धित निकायले समयमैं उन्नत जातका बीउबिजनको व्यवस्था गर्न सके, समयसमयमा कृषि प्राविधिकद्वारा कृषकहरूलाई प्रशिक्षण, अनुगमन र राय सल्लाह दिए यस्ता समस्या नआउने जानकारहरूको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here