प्रस, सेढवा, १४ असोज/
जीराभवानी गाउँपालिका–१ निवासी जितेन्द्र यादवले व्यावसायिक केराखेती शुरू गरेका छन्।
यादवले पाँच कट्ठा जग्गामा गत वर्षको कात्तिकमा पाँच सय केराको बोट रोपेका थिए। ११ महीनामा यादवले दुर्ई लाख मूल्यबराबरको केरा उत्पादन गरेका छन्।
उत्पादित केरा एक साताभित्र बेच्ने यादवले बताए। यादवले जी–९ प्रजातिको केरा रोपेका छन्। साथै सोही प्रजातिका दशवटा सुगर फ्री केरा पनि रोपेका छन्। यादवले प्रतिदर्जन रु ३५ मा केरा व्यापारीलाई बेच्ने योजना बनाएका छन्।
५ कट्ठा बलौटे जग्गामा अन्य बाली उत्पादन नहुने भएपछि उनले थप १ बिघा १५ कट्ठा जग्गामा करीब साढे तीन हजार केराको बोट रोपेका छन्। यादवले ५ वर्षदेखि व्यावसायिक कुखुरापालन पनि गर्दै आएका छन्।