२०७७ असोज १० गते शनिवारको प्रतीक दैनिक
धानबाली डुबानमा, उत्पादन प्रभावित हुने
प्रस, पोखरिया, ९ असोज/चार दिनदेखि परेको वर्षाले पर्सा जिल्लाका कतिपय गाउँपालिकाका धानबाली डुबानमा परेको छ ।भदई र अगहनी धानबाली ठूलो परिमाणमा वर्षाले प्रभावित भएकोले उत्पादन घट्ने किसानहरूले बताए ।छिपहरमाई गापाको भिस्वा, बन्जारी, बुडगाईं, टिउकी, जयमङ्गलापुर, कालिकामाई गापाको हरिहरपुर, पकाहामैनपुर गापाको खेस्रा, धोबियाटोला, सबैठवा र जगरनाथपुरको मधुवाहा, मसिहानी लगायतका क्षेत्रका धानबाली डुबानमा परेको हो ।
एक विद्यालयमाथि दुई पालिकाको दाबी
प्रस, गरुडा, ९ असोज/रौतहटको एउटा पुरानो विद्यालयमाथि दुई पालिकाको दाबी रहेको छ । स्थानीय तह गठन भएदेखि नै दुई पालिकाले आफ्नो विद्यालय रहेको भनी गरिरहेको दाबीको विवाद अझै सुल्झिएको छैन ।मध्यरौतहटको श्री सरस्वती माध्यमिक विद्यालय मलाहीटोल चिलमिलिया नामको विद्यालयमाथि गरुडा नगरपालिका र गढीमाई नगरपालिकाले दाबी गर्दै आएका छन् । विद्यालयको स्वामित्वको विषयलाई लिएर दुवै नगरपालिकाको […]
सबैको प्रिय फूलसरी
प्रस, सिम्रौनगढ, ९ असोज/सिम्रौनगढमा कुनै बेला बाँदरको झुन्ड हुने गर्दथ्यो । तर अहिले ती सबै बाँदर मरिसकेका छन् भने एउटी बाँदर्नी जिउँदो छिन्, जसको नाम हो–फूलसरी ।प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढमा अहिले बाँचेकी फूलसरीलाई सबैले माया गर्छन् । एउटा मात्र बाँदर बाचेकोले फूलसरी सबैको मायाको पात्र बनेकी हुन् । उनी सिम्रौनगढका सबै खाले पसलमा […]
गुप्तालाई राष्ट्रियस्तरको स्रष्टा सम्मान
प्रस, गरुडा, ९ असोज/रौतहटमा बसेर साहित्य सिर्जना गर्ने रेणु गुप्तालाई देशका विशिष्ट साहित्यकारहरूसँगै सम्मानित गरिने भएको छ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिको निर्णयले देशभरिका एघारजना स्रष्टासँगै प्रदेश २ बाट गुप्तालाई सम्मानित गर्ने भएको हो ।स्रष्टा सम्मान अभियान अन्तर्गत मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित विभिन्न साहित्यिक पुरस्कारको घोषणा गरिएको छ । मानव […]
डा केसीको समर्थनमा प्रदर्शन
प्रस, वीरगंज, ९ असोज/डा गोविन्द केसीको समर्थनमा नेपाली विद्यार्थी सङ्घ पर्साले वीरगंजमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।घण्टाघरमा आयोजित प्रदर्शनमा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, नेका पर्साका उपाध्यक्षद्वय दीनाप्रसाद गुप्ता, प्रकाश उपाध्याय, सचिव श्याम पटेल, सहसचिव रोशन लामिछाने, सदस्यहरू धमेन्द्र पटेल, बैकुण्ठ श्रीवास्तवलगायतको सहभागिता थियो ।सहभागीहरूले दूरी बनाएर प्लेकार्डसहित सरकारविरुद्ध डा केसीको समर्थनमा प्रदर्शन गरेका थिए ।
इनारमा पसेका दुईजनाको ज्यान गयो
प्रस, मकवानपुर, ९ असोज/मकवानपुरको मनहरी गाउँपालिका वडा नं ७ मा इनारमा पसेका दुईजनाको मृत्यु भएको छ ।शाह पार्टी प्यालेस परिसरमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मरम्मत गर्नका लागि शुक्रवार बिहान ९ बजे होटल सञ्चालकका छोरा ३० वर्षीय सुरज शाह इनारमा पसेका थिए । उनी बाहिर नआएपछि उनलाई खोज्न स्थानीय १६ वर्षीय उत्सव नेपाली […]
विद्यालय विसङ्क्रमित भएन
प्रस, बिरुवागुठी, ९ असोज/पर्सागढी नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालय पकडिया बडनिहारमा रहेको क्वारेन्टाइन हटेको लामो समय बितिसक्दा पनि विद्यालयको सरसफाइ र निर्मलीकरण गरिएको छैन ।क्वारेन्टाइन बनाइएका विद्यालयका कक्षा कोठामा बसेकाहरूले खाली गरेर गएपछि उनीहरूबाट गरिएको फोहर सफाइ नगरिंदा कक्षा कोठाको अवस्था हेर्न लायकको छैन । स्वास्थ्यकर्मीहरूले प्रयोग गरेका स्वास्थ्य सामग्रीहरू पनि यत्रतत्र कक्षा कोठामा फालिएका […]
पर्सागढीमा लापरवाही बढ्दै
प्रस, पर्सागढी, ९ असोज/पर्सागढी नगरपालिकामा रहेका हाटबजारहरूमा अहिले स्वास्थ्य सुरक्षा मापदण्डको पालना भएको छैन ।लकडाउन र निषेधाज्ञा हटे पनि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर पसल, व्यवसाय सञ्चालनका लागि दिइएको निर्देशन पालना गरिएको छैन । नगरका मुख्य बजारहरू बढनिहार, मनवा, पचरुखी, बहुअर्वामा लाग्ने हाटबजारमा तरकारी विक्रेता र खरीदकर्ता कसैले मास्क लगाउने गरेका छैनन् ।तरकारी बजारका लागि […]
पर्सा, बारा र सर्लाहीका सत्रजना सङ्क्रमित थप
प्रस, वीरगंज, ९ असोज/पर्सा, बारा र सर्लाहीका गरी पिसिआर र जिन एक्सपर्ट परीक्षण विधिबाट सत्रजनामा कोरोनासङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए ।शुक्रवार नारायणी अस्पतालको प्रयोगशालाले पिसिआर विधिबाट पर्साका १४ र बाराका एकजनामा सङ्क्रमण पुष्टि भएको र जिन एक्सपर्ट विधिबाट पर्सा र सर्लाहीका १/१ जना गरी कुल १७ जना सङ्क्रमित […]