धानबाली डुबानमा, उत्पादन प्रभावित हुने

प्रस, पोखरिया, ९ असोज/
चार दिनदेखि परेको वर्षाले पर्सा जिल्लाका कतिपय गाउँपालिकाका धानबाली डुबानमा परेको छ ।
भदई र अगहनी धानबाली ठूलो परिमाणमा वर्षाले प्रभावित भएकोले उत्पादन घट्ने किसानहरूले बताए ।
छिपहरमाई गापाको भिस्वा, बन्जारी, बुडगाईं, टिउकी, जयमङ्गलापुर, कालिकामाई गापाको हरिहरपुर, पकाहामैनपुर गापाको खेस्रा, धोबियाटोला, सबैठवा र जगरनाथपुरको मधुवाहा, मसिहानी लगायतका क्षेत्रका धानबाली डुबानमा परेको हो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्