प्रस, सिम्रौनगढ, ९ असोज/
सिम्रौनगढमा कुनै बेला बाँदरको झुन्ड हुने गर्दथ्यो । तर अहिले ती सबै बाँदर मरिसकेका छन् भने एउटी बाँदर्नी जिउँदो छिन्, जसको नाम हो–फूलसरी ।
प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढमा अहिले बाँचेकी फूलसरीलाई सबैले माया गर्छन् । एउटा मात्र बाँदर बाचेकोले फूलसरी सबैको मायाको पात्र बनेकी हुन् । उनी सिम्रौनगढका सबै खाले पसलमा घुम्छिन् र सबैले गच्छे अनुसार आतिथ्य प्रदान गर्छन् ।
बिहानको चियापसलदेखि बेलुकीको जाँडपसलसम्म उनी चहार्ने गर्छिन् । पसल चहार्ने फूलसरी मानिस र जनावरहरूसँग निकै सामीप्यता राख्छिन् । यसको साथै उनले बिरालोको बच्चालाई औधी माया गर्छिन् । आप्mनो बालबच्चा नभएकोले फूलसरीले बिरालोको बच्चालाई औधी माया गरेकी हुन् ।
सिम्रौनगढका रामप्रसाद शर्माले फूलसरीको बच्चा नभएकोले बिरालोको बच्चालाई माया गर्ने गरेको बताए । अहिलेसम्म पचासभन्दा बढी बिरालोको बच्चालाई उनले माया गरिसकेकी छन् । बूढी बाँदर्नी फूलसरीले बिरालोको बच्चालाई माया गरेको देखेर यहाँका मानिसहरू पनि आश्चर्य व्यक्त गर्छन् ।
एकपटकको कुरा हो, एउटा बिरालोको बच्चा मरेपछि पनि उनले माया गर्न छाडिनन् । बच्चा मरेको उनले चालै पाइनन् । पछि बल्लतल्ल बिरालोको बच्चा मरेको उनलाई स्थानीयले अनुभूति गराएपछि मृत बिरालोलाई उनले बोक्न छाडेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here