२०७७ असोज ०९ गते शुक्रवारको प्रतीक दैनिक
भारतीय मजदूरको निश्शुल्क पिसिआर परीक्षण विवाद, महानगरको आग्रह नारायणी अस्पतालद्वारा अस्वीकार
प्रस, वीरगंज, ७ असोज/वीरगंज महानगरपालिकाको सहयोगमा असोज ४ गते बारा जिल्लाको एक सिमेन्ट कारखानामा कार्यरत २९२ जना भारतीय मजदूरको स्वाब परीक्षण अहिले विवादको कारण भएको छैन ।सङ्कलित स्वाब परीक्षण गर्ने कि नगर्ने विषयमा महानगरपालिका र नारायणी अस्पतालबीच विवाद भएकोले परीक्षण कार्य रोकिएको हो । केन्द्रीय सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार पिसिआर परीक्षण गराउन चाहने व्यक्तिले […]
झरीले ठोरीमा समस्या, तीन दिनदेखि विद्युत् अवरुद्ध
प्रस, ठोरी, ८ असोज/तीन दिनदेखि परेको झरीको कारण ठोरी गाउँपालिकाको जनजीवन प्रभावित भएको छ ।लगातार तीन दिनको झरीका कारण कृषकहरूले धानबाली भिœयाउन सकेका छैनन् । ठोरीमा रहेका सबैजसो खहरे खोलामा बाढी आएको छ । ठोरीको ठुटे, ओढार, शिकारीवास, ओरिया खोलालगायतका ठूला खहरे खोलाहरूमा बाढी आएको छ । वडा नं ३ मा रहेको ओडार खोलाको पुल […]
पर्सामा आन्तरिक राजस्व एक अर्ब उठ्न बाँकी
प्रस, परवानीपुर, ८ असोज/आन्तरिक राजस्व कार्यालय, वीरगंज पर्साले करीब रु १ अर्ब राजस्व उठाउन बाँकी रहेको छ ।कार्यालयले दिएको जानकारी अनुसार विगत लामो समयदेखि करदाताले कर नतिर्दा बर्सेनि कर बक्यौताको ग्राफ बढ्दै गएको देखिएको छ । कार्यालयका सूचना अधिकारी ह्दयनारायण महतोका अनुसार गत आवको असार मसान्तसम्म करीबरु ९८ करोड कर असुल गर्न बाँकी थियो ।मूल्य […]
पर्सेली पालिकाका उपप्रमुखहरूको तीन वर्षे अनुभव र अभिव्यक्ति
सुषमा शर्मा, वीरगंज, ८ असोज/ “उपप्रमुखको जिम्मेवारी पाएको तीन वर्ष भइसक्यो तर पनि अझै कति कुरा बुझ्न बाँकी छ । संविधानले दिएका कतिपय कुराहरू बुझ्न धेरै बाँकी छ । अहिले त हामी सिक्ने क्रममैं छौं । हामीले पूर्णरूपमा सहयोग पनि पाएका छैनौं, आपूmले जे जति जाने बुझेका छौं, त्यसैको आधारमा काम गरिरहेका छौं,” पर्सा जिल्लास्थित […]
इन्द्रसरोवरमा पानीको सतह ह्वात्तै बढ्यो
प्रस, मकवानपुर, ८ असोज/लगातार भइरहेको वर्षाका कारण मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरमा पानीको सतह ह्वात्तै बढेको छ । एकै दिन झन्डै दुई मिटर पानीको सतह बढेको आयोजनाका कर्मचारीले बताएका छन् । २४ घण्टाको अवधिमा पानीको सतह ह्वात्तै बढेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले जानकारी दिए ।आज बिहानसम्म जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२१ दशमलव […]
जनकपुरमा वैकल्पिक कक्षा सञ्चालनको तयारी
प्रस, जनकपुरधाम, ८ असोज/ जनकपुरधाम उपमहानगरपालिकाले वैकल्पिक शिक्षामार्पmत् सामुदायिक विद्यालयहरूमा पठनपाठन शुरू गर्न तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उपमहानगरपालिका क्षेत्रमा ५२ वटा सामुदायिक विद्यालय छन् । सबैमा वैकल्पिक माध्यमद्वारा अध्यापन गराउनका लागि कार्ययोजना निर्माण भइसकेको र शिक्षा शाखामा पेश गर्नका लागि निर्देशन दिइएको उपमहानगरपालिकाका उपप्रमुख रीताकुमारी मिश्रले बताइन् । उपमहानगरपालिकाको वैकल्पिक शिक्षामार्फत अध्यापन […]
वीरगंज नाकाबाट आयातमा वृद्धि लक्ष्य नपुगे पनि राजस्व सङ्कलन बढ्यो
राधेश्याम पटेल, परवानीपुर, ८ असोज/कोरोना महामारीका बीच दशैं–तिहार नजिकिंदै जाँदा मालवस्तु भिœयाउने क्रम बढेको छ ।कोरोना सङ्कटको कारण सात महीनासम्म आयात–निर्यात न्यून भएको वीरगंज नाकाका दुई भन्सारबाट मालवस्तु भिœयाउने क्रम बढेको छ । लकडाउन खुकुलो र स्वरूपमा परिवर्तन भएसँगै उद्योग–व्यापार खुल्न थालेका छन् । व्यवसायमा शुभ सङ्केत देखिन थालेपछि उद्योगी–व्यवसायीहरूले मालसामान मगाउन थालेको वीरगंज भन्सारका […]
नक्कली नोटसहित दुईजना पक्राउ
प्रस, वीरगंज, ८ असोज/बारा प्रहरीले १२ लाख १६ हजार नेपाली नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।बारागढी गाउँपालिका–५ सिघासनीका २३ वर्षीय बलिराम चौधरी र भारत मोतीहारी जिल्ला झरोखरका २७ वर्षीय सन्दीप कुमारबाट सो परिमाण बराबरको रकम बरामद भएपछि पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले बताए ।प्रहरीले बा.६४प ९७०६ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूको चेकजाँच गर्ने […]
पर्सागढी नगरपालिकाका दलितहरू वर्षाको कारण पनि समस्यामा
प्रस, पर्सागढी, ८ असोज/लगातार तीन दिनको वर्षाको कारण पर्सागढी नगरपालिकामा रहेका दलितहरूलाई समस्या भएको छ ।पर्सागढी नपामा रहेका दलित समुदायका मानिसको घर प्रायः खरको छ । पानीले खरका घरहरूलाई क्षति पु-याएको छ । लकडाउन, निषेधाज्ञामा रोजगार गुम्दा दुई छाक खाने समस्यासँग जुधिरहेका दलितहरू झरीले गर्दा घरको समस्या पनि झेलिरहेका छन् ।विगतका वर्षहरूभन्दा यस वर्ष बढी […]