प्रस, वीरगंज, ७ असोज/
वीरगंज महानगरपालिकाको सहयोगमा असोज ४ गते बारा जिल्लाको एक सिमेन्ट कारखानामा कार्यरत २९२ जना भारतीय मजदूरको स्वाब परीक्षण अहिले विवादको कारण भएको छैन ।
सङ्कलित स्वाब परीक्षण गर्ने कि नगर्ने विषयमा महानगरपालिका र नारायणी अस्पतालबीच विवाद भएकोले परीक्षण कार्य रोकिएको हो । केन्द्रीय सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार पिसिआर परीक्षण गराउन चाहने व्यक्तिले शुल्क आपैंmले तिरेर परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । तर वीरगंज महानगरपालिकाका कर्मचारी खटेर बारा जिल्लाको सिमेन्ट उद्योगमा कार्यरत भारतीय मजदूरहरूको पिसिआर परीक्षण निश्शुल्क हुनुपर्ने महानगरपालिकाको मागसँग नारायणी अस्पतालको मत बाझिएको कारण परीक्षण रोकिएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुरले भारतीय मजदूरहरूको पिसिआर परीक्षण निश्शुल्क हुन नसक्ने बताएका छन् ।
जिल्ला सङ्कट व्यवस्थापन समिति पर्साले दुई दिन पहिले भारतीय नागरिकको पिसिआर परीक्षण गर्न रोक लगाउने निर्णय पनि गरेको उनले बताए । सो निर्णय अनुसार पनि भारतीय नागरिकहरूको स्वाबको परीक्षण गर्दा कानूनी अडचन आउने मेसु डा ठाकुरको तर्क छ । उनले यस सम्बन्धमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयको प्रतीक्षामा रहेको बताए । केन्द्रले जस्तो निर्णय गर्छ, सो अनुरूप आपूmले काम गर्ने मेसु डा ठाकुरले बताए ।
बारा जिल्लास्थित शुभश्री जगदम्बा सिमेन्ट कारखानामा कार्यरत भारतीय मजदूरहरूको पिसिआर परीक्षण निश्शुल्क गरिदिन नारायणी अस्पताललाई वीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखाले पत्राचार गरेको थियो । घटनाबारे प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सरकारले तोकेको मापदण्डबाहिर गएर विदेशीको स्वास्थ्य परीक्षण निश्शुल्क गर्न नमिल्ने बताए । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले नेपाली नागरिकलाई पहिलो प्राथमिकतामा राखेर परीक्षण गर्ने र औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा कार्यरत कर्मचारी मजदूरहरूको सम्बन्धित उद्योग तथा व्यापारिक प्रतिष्ठानले प्रतिव्यक्ति रु २ हजार शुल्क तिरेर परीक्षण गर्न पाउने निर्णय गरेको प्रजिअ तामाङले बताए । निर्णयविपरीत काम हुन नसक्ने उनले बताए ।
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले पिसिआर मेशिन तथा किट खरीदमा उद्योगी–व्यापारीले सहयोग गरेको कारण महानगरले पनि सहयोगको लागि निश्शुल्क पिसिआर परीक्षण गर्न महानगरले सिफारिश गरेको बताए । उनले आम नागरिकको पनि पिसिआर परीक्षण निश्शुल्क हुनुपर्ने माग गरेका छन् ।
Home समाचार प्रमुख समाचार भारतीय मजदूरको निश्शुल्क पिसिआर परीक्षण विवाद, महानगरको आग्रह नारायणी अस्पतालद्वारा अस्वीकार