नक्कली नोटसहित दुईजना पक्राउ

0

प्रस, वीरगंज, ८ असोज/
बारा प्रहरीले १२ लाख १६ हजार नेपाली नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।
बारागढी गाउँपालिका–५ सिघासनीका २३ वर्षीय बलिराम चौधरी र भारत मोतीहारी जिल्ला झरोखरका २७ वर्षीय सन्दीप कुमारबाट सो परिमाण बराबरको रकम बरामद भएपछि पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले बताए ।
प्रहरीले बा.६४प ९७०६ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूको चेकजाँच गर्ने क्रममा एक हजार नेपाली नोट १२१६ थान बरामद भएको प्रवक्ता मिश्रले बताए । बरामद नोट नक्कली भएको उनले दाबी गरे । पक्राउ परेका दुवैजनाले ३० वटा मोबाइल बिक्रीबाट उक्त रकम पाएको दाबी गरेका छन् । मोबाइल खरीदकर्ताहरू भने भागेको उनीहरूले बताए ।
प्रहरीले पक्राउ परेकाहरूको बयानका आधारमा नक्कली नोट दिने व्यक्तिहरूको खोजी कार्य भइरहेको बताएको छ । सूचनाको आधारमा अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको प्रवक्ता मिश्रले बताए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here