ब्रह्माकुमारीद्वारा त्रिदिवसीय मौन साधना शुरू

प्रस, वीरगंज, ३ असोज/ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजको आयोजनामा कोभिड–१९ को महामारी तथा विविध कारणले आक्रान्त र अशान्त देशवासीमा शान्ति, सकारात्मक र नवीन आशाको शुभ तरङ्ग प्रवाह होस् भन्ने उद्देश्यले त्रिदिवसीय गहन मौन साधना शुरू भएको छ ।वीरगंज क्षेत्रका विभिन्न शाखा, उपशाखामा रही आध्यात्मिक सेवामा जीवन समर्पण गरेका ब्रह्माकुमारीहरूको सहभागितामा त्रिदिवसीय गहन राजयोग मौन साधना […]

अतिविपन्नलाई लायन्सको सहयोग

प्रस, वीरगंज, ३ असोज/लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस, सेन्ट्रल सिटी र रिलिफ सोसाइटी अफ कमर्स वीरगंजको आर्थिक सहयोगमा वीरगंज महानगरपालिका–८ का अतिविपन्न २५ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।कार्यक्रममा अतिविपन्न २५ जनालाई चामल, दाल, प्याज, आलु, सोयाबिन, खानेतेल, मसला, नुनलगायतका आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको थियो ।लकडाउन र निषेधाज्ञाका कारण आर्थिक समस्यामा परेका […]

५२ जना सङ्क्रमित थप

प्रस, वीरगंज, ३ असोज/नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा शुक्रवार राति ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा १९२ वटा स्वाब नमूना परीक्षण गर्दा ११ महिलासहित ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले सङ्क्रमित ४ महीनाको शिशुदेखि ६८ वर्ष उमेरसम्मका रहेको बताए । बाराका ४५, पर्साका ६ र […]

सकुर मृत फेला

प्रस, पर्सागढी, ३ असोज/पर्सागढी नगरपालिका–४ परशुरामपुर निवासी ६० वर्षीय सकुर देवान शनिवार बिहान मृत फेला परे ।मृतावस्थामा शनिवार बिहान वीरगंज महानगरपालिका–३१ भेडाहा खोलानजीक देवान फेला परेको प्रहरी चौकी बिरुवागुठीले जनाएको छ । मृतक सकुरका छोरा जावदे देवानले बुबा गएरातिदेखि नै घर नआएको र एक्कासि बिहान उनी मृत फेला परेको सूचना पाएको बताए ।प्रहरी चौकी बिरुवागुठीले […]

कुलमानको पक्षमा सर्लाहीमा प्रदर्शन

प्रस, गरुडा, ३ असोज/नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग गर्दै सर्लाहीमा प्रदर्शन गरिएको छ । सर्लाहीको हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा कुलमानको पुनर्नियुक्ति हुनुपर्ने भन्दै मोटरसाइकल -याली निकालिएको थियो ।हाम्रालाई हैन राम्रालाई नियुक्ति गर, कुलमान घिसिङलाई पुनर्नियुक्ति गर जस्ता विभिन्न नारा कागजमा लेखेर मोटरसाइकलमा टाँसी युवाहरूले -याली निकालेका थिए । आप्mनो देशको बिजुली आफ्नै देशवासीले उपभोग […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।