कुलमानको पक्षमा सर्लाहीमा प्रदर्शन

प्रस, गरुडा, ३ असोज/
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग गर्दै सर्लाहीमा प्रदर्शन गरिएको छ । सर्लाहीको हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा कुलमानको पुनर्नियुक्ति हुनुपर्ने भन्दै मोटरसाइकल -याली निकालिएको थियो ।
हाम्रालाई हैन राम्रालाई नियुक्ति गर, कुलमान घिसिङलाई पुनर्नियुक्ति गर जस्ता विभिन्न नारा कागजमा लेखेर मोटरसाइकलमा टाँसी युवाहरूले -याली निकालेका थिए । आप्mनो देशको बिजुली आफ्नै देशवासीले उपभोग गर्ने गरी देशलाई विद्युत् ऊर्जामा आत्मनिर्भर बनाउनेतर्फ कुलमान घिसिङले दिएको योगदानले उनी सबैका प्रिय भएका हुन् भन्दै प्रदर्शनमा रहेका एक युवाले कुलमानको पुनर्नियुक्ति निश्चित नहुँदासम्म विभिन्न किसिमले दबाबमूलक कार्यक्रम गरिरहने बताएका छन् ।
प्रदर्शनमा रहेका युवाहरूले आफूहरूले आम नागरिकको भावनाको प्रतिनिधित्व गरेको बताएका छन् । अहिले देशका आम नागरिकले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा हेर्न चाहेको युवाहरूको बुझाइ छ । नेविप्राका पूर्वकार्यकारी निर्देशक घिसिङले कुनै किसिमको प्रदर्शन नगर्न समर्थकहरूलाई अनुरोध गरेको समाचार आएपछि पनि उनका सर्लाही समर्थकहरूले उनको पक्षमा ¥याली निकालेका हुन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्