२०७७ भदौ ३१ गते बुधवारको प्रतीक दैनिक
वर्षाको कारण किसानहरूलाई थप पीडा
ओमप्रकाश चौधरी, सेढवा, ३० भदौ/ लगातार परिरहेको वर्षाका कारण पाकेको धानबाली खेतमैं उम्रिन तथा कुहिन थालेको छ। पर्सा जिल्लाको ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौलीलगायतका गाउँपालिकामा हर्दीनाथ, भदई मन्सुली र सोना सारो जातका धान पाकेको छ तर दिनहुँको वर्षाका कारण बाली भित्र्याउन नसकेको जीराभवानी गाउँपालिका–२ सेढवाका किसान जगदीश चौधरीले बताए। “धान पाकिसक्यो तर लगातारको वर्षाले खेतमा पानी […]
वाङ्मय संरक्षणमा पालिकाहरू उदासीन
प्रस, गरुडा, ३० भदौ/ वाङ्मय संरक्षण, संवद्र्धन तथा विकासमा पालिकाहरू उदासीन रहेको देखिएको छ। स्थानीयताको पहिचानको आधारको रूपमा रहेको स्थानीय वाङ्मयको संरक्षण, संवद्र्धन तथा विकासमा पहिचानवादीहरू पनि उदासीन रहेको देखिएको छ। भाषा र संस्कृतिलाई पहिचानको आधार मानेर वाङ्मयको क्षेत्रमा पहिचान खोजेका दलको नेतृत्व रहेका पालिकाहरूमा पनि वाङ्मय संरक्षणको पक्ष कमजोर रहेको पाइएको छ। स्थानीय भाषा, […]
असोज १ देखि रौतहटका कार्यालयहरू खुल्ने, सीमित क्षेत्रमा निषेधाज्ञा
प्रस, गरुडा, ३० भदौ/ गत साउन २४ गतेदेखि जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी निषेधाज्ञा असोज १ गतेदेखि खुल्ने भएको छ। जिल्लाका सरकारी कार्यालय तथा गैरसरकारी सङ्घसंस्थाहरू असोज १ गतेदेखि खुल्ने भएका छन्। जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले सबै प्रकारका कार्यालयका साथै पसल र व्यवसाय, बैंक तथा वित्तीय संस्थाहरू, उद्योग, कलकारखाना तथा सेवा व्यवसायहरू सञ्चालन गर्न […]
शिक्षिकाको मृत्यु होइन हत्या, घटनाको छानबीन गर्न माग
प्रस, वीरगंज, ३० भदौ/ नारायणी विशेष कोभिड अस्पताल गण्डकमा नेपाल राष्ट्रिय विद्यापीठ मावि श्रीपुरकी शिक्ष्Fिका किरणदेवी कर्णको चिकित्सक, स्वास्थ्यकर्मीको लापरवाहीको कारण मृत्यु भएको खुलासा भएको छ। गण्डक अस्पतालमा भदौ १२ गते भर्ना भएकी शिक्षिका कर्ण भदौ २२ गते कोरोना सङ्क्रमित पुष्टि भएको थियो। छातीमा पानी जमेको कारण श्वासप्रश्वासमा समस्या भएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो। […]
छुरा प्रहार गरी छोराको हत्या
प्रस, पोखरिया, ३० भदौ/ पोखरिया नगरपालिकामा बुबाको छुरा प्रहारबाट छोराको मृत्यु भएको छ। सोमवार साँझ सवा सात बजे पोखरिया नपा–६ श्रीसिया निवासी ७० वर्षीय लक्ष्मीसाह रौनियारले ३५ वर्षीय माधवसाह रौनियारलाई छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट घाइते माधवको उपचारका लागि वीरगंज ल्याउने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए। […]
चट्याङ लागेर एकजनाको मृत्यु
प्रस, जीतपुर, ३० भदौ/ चट्याङ लागेर बारा जिल्लामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको छ। मङ्गलवार बिहान जीतपुरसिमरा उपमहानगर–१४ दुधौरा खोलामा बालुवा लोड गरी टायरगाडामा आउने क्रममा ४० वर्षीय धर्मेन्द्र चौधरीको चट्याङ लागेर मृत्यु भएको अस्थायी प्रहरी पोस्ट डुमरवानाले जनाएको छ। सोही टायरगाडामा रहेका २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन्।
ठोरीमा अलपत्र परेका पाल्पाका युवकको उद्धार
प्रस, ठोरी, २९ भदौ/ नेपाल मगर सङ्घ ठोरीले भारतमा मजदूरी गरी फर्कने क्रममा पर्साको ठोरीमा अलपत्र परेका पाल्पा घर भएका एकजना युवकलाई घरसम्म पु–याउने व्यवस्था गरेको छ। भारतको काश्मीरबाट ठोरी नाका हुँदै गत भदौ १२ गते ठोरी आइपुगेका ४१ वर्षीय खिलबहादुर गाहामगरलाई एम्बुलेन्सको व्यवस्था गरी पाल्पा पु–याउने व्यवस्था मिलाइएको नेपाल मगर सङ्घ ठोरीका पुरन थापाले […]
चट्याङ खस्दा दुईजनाको घर ध्वस्त
प्रस, रौतहट, ३० भदौ/ गौरमा चट्याङ खस्दा एकजनाको घर ध्वस्त भएको छ । गौर नगरपालिका–४ टिकुलिया निवासी इन्दु देवीको घरमा चट्याङ खस्दा घर ध्वस्त भएको हो । मङ्गलवार बिहान वर्षासँगै आएको चट्याङले खपडाले छाएको घर पूर्णरूपले ध्वस्त भएको पीडितले बताएका छन् ।प्रस, सिम्रौनगढ/ आज बिहान वर्षासँगै परेको चट्याड्ढो कारण सिम्रौनगढ नगरपालिका–६ सिम्रौनगढ बजार निवासी मकसुद […]
तस्करी नरोकिएपछि सर्वसाधारणको आवागमन पनि बढ्यो
प्रस, वीरगंज, ३० भदौ/ सरकारले नेपाल–भारत खुला सीमा कोरोनाको कारण गत वर्ष चैतदेखि बन्द गरेको छ। अहिले पनि सीमा बन्द नै छ तर पर्सा जिल्लामा लकडाउन, निषेधाज्ञाको अवधिमा पनि खुला सीमाबाट मानिसहरूको आवागमन जारी छ। लकडाउन शुरू भएपछिका दिनमा तस्करहरूको लागि मात्र खुला सीमाबाट आवतजावत सहज थियो। त्यसपछि सर्वसाधारणहरू पनि खुला सीमाबाट आवागमन गर्दै आएका […]