२०७७ भदौ २९ गते सोमवारको प्रतीक दैनिक
निषेधाज्ञामा गरीब, दीनदुःखीहरूलाई भोजन
प्रस, वीरगंज, २८ भदौ/ निषेधाज्ञामा वीरगंज महानगरपालिकामा विभिन्न संस्थाले गरीब, दीनदुःखीहरूलाई भोजन गराउने कार्यलाई निरन्तरता दिएका छन्। समर्पण सेवा संस्था र साहिब दरबार सेवा संस्थानले संयुक्तरूपमा निषेधाज्ञाको ३९औं दिन हिजोदेखि गरीब, दीनदुःखीहरूलाई भोजन गराउन बन्द गरेको छ। स्विमिङ पुल, छपकैया, बिर्ता, माईस्थान, मुर्ली, श्रीपुर, गण्डकचोक र परवानीपुर क्ष्Fेत्रमा निषेधाज्ञा अवधिमा दैनिक ४ सय मानिसलाई भोजन […]
६ महीना बन्द हुँदा विमानस्थल र कम्पनीलाई करोडौंको घाटा
राधेश्याम पटेल, वीरगंज, २८ भदौ/ कोरोना महामारीको कारण आन्तरिक उडान सेवा बन्द हुँदा देशभरकै विमानस्थल तथा विमान सेवा कम्पनीले अर्बाैं रुपैयाँ घाटा बेहोर्नुपरेको छ। नेपालकै सबैभन्दा पुरानो विमानस्थलमध्ये एक र नेपालकै सबैभन्दा छोटो समय (१२ मिनेट)को उडान हुने सिमरा विमानस्थलको सेवा र आम्दानी विगत ६ महीनादेखि प्रभावित भएको देखिएको छ। नागरिक उड्डयन प्राधिकरण सिमराका प्रबन्धक […]
बाढी–पहिरोपीडितलाई राहत सामग्री
प्रस, वीरगंज, २८ भदौ/ भारत सरकारले नेपालका ५ जिल्लामा बाढी–पहिरोपीडितहरूलाई राहत सामग्री प्रदान गरेको छ। भारतको सरकारको तर्फबाट राजदूतावासकी नियोग उपप्रमुख नामज्ञ सी खम्पाले नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष एवं सांसद चन्दा चौधरीलाई टेन्ट, त्रिपाललगायतका राहत सामग्री हस्तान्तरण गरेकी हुन्। प्रदेश नं. २, ३, ५ र ७ का क्रमशः महोत्तरी, सर्लाही, सिन्धुपाल्चोक, नवलपरासी र कैलालीका […]
हरपुर–रामपुर सडक कालोपत्र हुने
प्रस, पर्सागढी, २८ भदौ/ पर्सागढी नगरपालिकादेखि वीरगंज महानगरपालिका जोड्ने ५ किलोमिटर कच्ची ग्रेभल सडकलाई दशैंपछि कालोपत्र गर्ने प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले बताएका छन्। पर्सागढी नपा–८ हरपुरदेखि वीरगंज महानगरपालिकाको रामपुर सिमाना जोड्ने कच्ची ग्रेभल सडकलाई कालोपत्रे बनाउनका लागि आज प्रदेशसभा सदस्य तेलीसहितको टोलीले सडकको निरीक्षण गरेको थियो। सडक निर्माणको लागि सबै प्रक्रिया अगाडि बढिसकेको सदस्य […]
४ महिलासहित ३२ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, २८ भदौ/ वीरगंज महानगर–१५ मा रहेको भिस्वा युवा क्लबले आठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिलासहित ३२ जनाले रक्तदान गरेका छन्। क्लबका अध्यक्ष उदयनारायण कुशवाहाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन सांसद प्रदीप यादवले गरेका थिए। वार्षिकोत्सवमा अजिता मरासैनी, रम्भा देवी, रेणुकुमारी सिंह, राधा बैठा, दिलीप साह, मुन्ना वर्णवाल, सन्दीप कुशवाहा, शिवशङ्कर […]
कोभिड–१९ मा मौलापुर नपाको मितव्ययी खर्च
प्रस, गरूडा, २८ भदौ/ रौतहटको मौलापुर नगरपालिका कोभिड व्यवस्थापन खर्चमा मितव्ययी देखिएको छ। विभिन्न नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थापन र राहत वितरणमा अस्वाभाविक खर्च सार्वजनिक गरिरहेको समयमा मौलापुर नगरपालिकाले एक करोड रुपैयाँभन्दा केही बढी मात्र खर्च भएको विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षमा कोरोना सङक्रमण रोकथाम तथा नियन्त्रण कार्यका लागि विभिन्न शीर्षकमा […]
ठूलो परिमाणमा गाँजासहित ट्रक पक्राउ
प्रस, सर्लाही, २८ भदौ/ शनिवार राति प्रहरीले सर्लाहीमा ठूुलो परिमाणमा गाँजासहित ट्रक पक्राउ गरेको छ। प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर नेतृत्वको प्रहरी टोलीले ३ सय ९ किलोग्राम लागूऔषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको हो। राति सवा ९ बजे जिल्लाको पर्सा गाउँपालिका वडा नं ५ डोमोवा टोलस्थित चिरान मिल सडकमा छड्के गरी सवारीसाधन चेकजाँच गर्दा ना.४ख […]
जलेश्वरका प्रमुखविरुद्ध जिल्ला प्रशासनमा ज्ञापन
प्रस, महोत्तरी, २८ भदौ/ महोत्तरीको जलेश्वर नगरपालिकामा भ्रष्टाचार भएको र सूचना नदिएको भन्दै नगरका बासिन्दाहरूको एक समूहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। स्थानीय मोहन भगतलगायतका समूहले नगरप्रमुख रामाशङ्कर मिश्रको नामै किटानी गरेर उनीविरुद्ध आइतवार प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएको हो। सङ्घीय सरकार, प्रदेश सरकार र अन्य दातृ निकायको अनुदान सहयोगको हिसाबकिताब पारदर्शी […]
बलान खोलामा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल
प्रस, सप्तरी, २८ भदौ/ सप्तरी र सिराहा जोड्ने गरी बलान खोलामा पुल निर्माण शुरू भएको छ। सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दुधैला घाट र सिराहाको भगवानपुर गाउँपालिकाको सिनुरियाघाट जोड्ने गरी सीमामा रहेको बलान खोलामा झोलुङ्गे पुल बन्न लागेको हो। नेपाल सरकार र स्वीस बैंकको साझेदारीमा तीन करोड रुपैयाँको लागतमा बन्न लागेको पुलको लम्बाइ २७२ मिटर रहने […]