बाढी–पहिरोपीडितलाई राहत सामग्री


प्रस, वीरगंज, २८ भदौ/
    भारत सरकारले नेपालका ५ जिल्लामा बाढी–पहिरोपीडितहरूलाई राहत सामग्री प्रदान गरेको छ।
    भारतको सरकारको तर्फबाट राजदूतावासकी नियोग उपप्रमुख नामज्ञ सी खम्पाले नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष एवं सांसद चन्दा चौधरीलाई टेन्ट, त्रिपाललगायतका राहत सामग्री हस्तान्तरण गरेकी हुन्।
    प्रदेश नं. २, ३, ५ र ७ का क्रमशः महोत्तरी, सर्लाही, सिन्धुपाल्चोक, नवलपरासी र कैलालीका बाढी–पहिरोपीडितहरूलाई राहत सामग्री वितरण गरिएको हो।
    भारत सरकारले नियमित मानवीय सहयोग तथा आपत्कालीन राहत सहायता अन्तर्गत उक्त सामग्री नेपाललाई प्रदान गरिएको भारतीय राजदूतावास काठमाडौंले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्