२०७७ भदौ २८ गते आइतवारको प्रतीक दैनिक
सर्लाही र रौतहटलाई मध्यबाट जोड्ने सडकको निर्माण शुरू
प्रस, गरुडा, २७ भदौ/ रौतहट र सर्लाहीलाई जोड्ने वैकल्पिक बाटोको निर्माण शुरू गरिएको छ। रौतहटको गढीमाई नगरपालिकाको पहलमा सर्लाहीको धनकौल गाउँपालिका र रौतहटको गढीमाई नगरपालिकाबीच वैकल्पिक बाटोको निर्माण शुरू भएको हो। पुल निर्माण सम्पन्न भएको करीब एक वर्ष बितिसकेको भएपनि सडकको अभावमा सञ्चालन हुन नसकेको अवस्थामा गढीमाई नगरपालिकाले सर्लाहीतिरबाट जोड्ने सडकको निर्माण थालेको हो। बागमती […]
काशी तिवारी पुलको अनुगमन
प्रस, परवानीपुर, २७ भदौ/ प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले वीरगंज–२१ लिपनीबिर्तामा रहेको काशी तिवारी पुल निर्माणको काम सम्पन्न गर्नको लागि भौतिक पूर्वाधार कार्यालय, वीरगंजका प्राविधिकलाई निर्देशन दिएका छन्। शुक्रवार स्थानीयको गुनासोमा मन्त्री सोनल पुलको निरीक्ष्Fण गर्न गएको र उनले प्राविधिकहरूलाई लगत स्टिमेट बनाएर पुल निर्माणको बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका थिए। […]
मौसमको प्रतिकूलताले धानबाली भित्र्याउन समस्या
प्रस, सेढवा, २७ भदौ/ मौसमको प्रतिकूलताले पर्साको थरुहट क्ष्Fेत्रका किसानहरूलाई धानबाली भित्र्याउन समस्या भएको छ। जीराभवानी, ठोरी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिकाका किसानहरूले रोपेका हर्दिनाथ, भदैया मन्सुरी र सानो सारो जातका धान अहिले भित्र्याउने अवस्थाका छन् तर दिनहुँ पर्ने पानीले धानबाली किसानले भित्र्याउन सकेका छैनन्। ठोरी गापा–४ विजयबस्तीका खड्गबहादुर श्रेष्ठले दिनहुँ पानी पर्ने गरेकोले धानबाली भित्र्याउन नसकेको […]
रौतहटमा शान्ति सुरक्षा कायम गर्न सरोकारवालाबीच छलफल
प्रस, रौतहट, २७ भदौ/ रौतहटमा हालै सरुवा भई आएका जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले शनिवार राजनीतिक दलका प्रतिनिधिहरूसँग अन्तत्र्रिmया गरेका छन्। रौतहट जिल्लामा हत्याको घटना बढ्दै गएपछि सरुवा भई आएका प्रहरी उपरीक्षक शाहले शान्ति सुरक्षा कायम गर्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेका हुन्। साउन ३१ गते निरञ्जन रामको घाँटी रेटी हत्या […]
तीन महिलासहित ६३ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, २७ भदौ/ कम्प्युटर एशोसिएशन महासङ्घ, बाराले कलैया उपमहानगरपालिकाको भरतचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिलासहित ६३ जनाले रक्तदान गरेका छन्। एशोसिएशनका अध्यक्ष गणेश ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रदेशसभा सदस्य पारसप्रसाद साहले गरेका थिए। कार्यक्रमको शुभारम्भ अध्यक्ष ठाकुरले रक्तदान गरी गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए। कार्यक्रममा सञ्जु चापागाईं, साजन गुप्ता, […]
सामाजिक सञ्जालमा फोटो राखेको निहुँमा दुई समुदायबीच झडप
प्रस, जनकपुरधाम, २७ भदौ/ सामाजिक सञ्जालमा एक समुदायले अर्को समुदायको फोटो पोस्ट गरेको विषयलाई लिएर धनुषाको जनकपुरमा दुई समुदायबीच झडप भएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा शनिवार दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रण गर्न प्रहरीले करीब १५ राउन्ड हवाई फायर गरेको थियो। घटना विवरण अनुसार रूपैठाका एक हिन्दू युवाले केही दिन पहिले मोहर्रम पर्वका […]
सिराहामा असोज १० सम्म निषेधाज्ञा
प्रस, सिराहा, २७ भदौ/ सिराहामा शनिवार राति १२ बजे सकिन लागेको निषेधाज्ञा पुनः थप गरेर असोज १० गतेसम्म पु–याइएको छ। निषेधाज्ञाको समयावधि पुनः बढाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले आज जानकारी गराएका छन्। गत साउन ३२ गतेदेखि लगाइएको निषेधाज्ञा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले पुनः थप गरिएको हो। निषेधाज्ञा अवधिमा हाटबजार, सभा सम्मेलन, तालीम, गोष्ठी, […]
पर्सागढी नपाको आइसोलेशनमा ११ जना मात्र
प्रस, पर्सागढी, २७ भदौ/ पर्सागढी नगरपालिकामा कोरोना सङ्क्रमितहरू निको हुन थालेपछि चारवटा आइसोलेशनमध्ये दुईवटा आइसोलेशन खाली भएका छन्। नेरामावि बर्वाछोटैली र नेरा आधारभूत विद्यालय हरपुरमा ११ जना सङ्क्रमित रहेका छन् भने अन्य दुईवटा आइसोलेशन नेरामावि बडेर्वा र प्राथमिक स्वास्थ्य केन्द्र बागेश्वरी तित्रौना खाली भएको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक उमेश साहले जानकारी दिए।
प्राथमिक उपचारबारे अभ्यास
प्रस, वीरगंज, २७ भदौ/ विश्व प्राथमिक उपचार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले अभ्यास कार्यक्रम गरेको छ। महामारीमा प्राथमिक उपचार अभ्यासहरूमा अनुकूलता नाराका साथ शुरू भएको अभ्यास कार्यक्रमको अध्यक्षता नेरेसो पर्साका स्वास्थ्य सेवा समिति संयोजक दिनानाथ रौनियारले गरेका थिए। कार्यक्रममा नेरेसो पर्साका कोषाध्यक्ष महन्त यादव, शाखाका उपमन्त्री साबिर अहमद एराजलगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा […]